रविमाथि चौथो पटक म्याद थप, अझै १३ दिन हिरासतमै राखिने 

काठमाडौँ । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि चौथो पटक म्याद थप गरिएको छ । आइतबार जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई थप १३ दिनको म्याद थप गरेको हो ।  योसँगै लामिछाने अझै १३ दिन जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहने भएका छन् ।  सहकारीको रकम अपचलनको मुद्दामा लामिछानेमाथिको अनुसन्धान […]

Nov 10, 2024 - 11:04
 0
 रविमाथि चौथो पटक म्याद थप, अझै १३ दिन हिरासतमै राखिने 

काठमाडौँ । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि चौथो पटक म्याद थप गरिएको छ । आइतबार जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई थप १३ दिनको म्याद थप गरेको हो । 

योसँगै लामिछाने अझै १३ दिन जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहने भएका छन् । 

सहकारीको रकम अपचलनको मुद्दामा लामिछानेमाथिको अनुसन्धान नसकिएको भन्दै थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति पाएको कास्की प्रहरीले जनाएको छ । 

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कार्तिक २ गते पार्टीको केन्द्रीय कार्यालयबाटै पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले सहकारीको रकम अपचलनसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register