नेपाली समर्थकको मायाले नै एनपीएल सफल बनाउँछौँ : सचिव खड्का

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एनपीएल प्रतियोगिता मात्र नभई देशमा स्पोर्टिङ कल्चर स्थापना गर्न खोजेको सचिव पारस खड्काले बताएका छन् । सोमबार आयोजना गरिएको पत्रकार अन्तर्क्रिया कार्यक्रममा सचिव खड्काले एनपीएललाई केवल प्रतियोगिता मात्र नभई क्रिकेटको दिगो विकासमा भूमिका खेल्ने कार्यक्रम पनि रहेको बताए । यद्यपि, प्रतियोगिता आयोजना गर्न चुनौतीहरु भएपनि आफूसँग उपलब्ध भएको स्रोतको […]

Nov 11, 2024 - 11:28
 0
नेपाली समर्थकको मायाले नै एनपीएल सफल बनाउँछौँ : सचिव खड्का

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एनपीएल प्रतियोगिता मात्र नभई देशमा स्पोर्टिङ कल्चर स्थापना गर्न खोजेको सचिव पारस खड्काले बताएका छन् ।

सोमबार आयोजना गरिएको पत्रकार अन्तर्क्रिया कार्यक्रममा सचिव खड्काले एनपीएललाई केवल प्रतियोगिता मात्र नभई क्रिकेटको दिगो विकासमा भूमिका खेल्ने कार्यक्रम पनि रहेको बताए ।

यद्यपि, प्रतियोगिता आयोजना गर्न चुनौतीहरु भएपनि आफूसँग उपलब्ध भएको स्रोतको माध्यमले थप व्यवस्थित बनाउने प्रयास भइरहेको उनले बताए ।

‘क्यानलाई पूर्वाधारको चुनौती छ । यसकारण आफ्नै लगानीमा केही सुधार ल्याउन खोजेका छौँ । अर्को चरणमा फ्ल्ड लाईटमा हुने लगानीलाई लिएर जाने सोचेका छौँ । अहिले सरकारी निकायले पनि निकै नजिकबाट त्रिवि मैदानको स्तरोत्नतिको लागि अघि बढिरहेको छ, ’ उनले भने ।

फ्लड लाईड जडान गर्न ४० करोड रुपैँया बजेट आवश्यकता पर्ने उनी बताउँछन् । विभिन्न सरकारी निकायले यसलाई लगानीको रकमले सानै भने पनि यो मात्राको लगानी अहिलेसम्म नभएको खड्काले बताए ।

एसोसिएट राष्ट्रको फ्रेन्चाइज लिगभन्दा एनपीएल कसरी पृथक हुन्छ भन्ने प्रश्नमा सचिव खड्काले नेपाली समर्थकको मायालाई मेरुदण्डको रुपमा प्रस्तुत गरे ।

‘एनपीएललाई अन्य फ्रेन्चाइज लिगसँग तुलना हामी गर्दैनौँ तर, विश्वमा कुनै पनि राष्ट्रसँग नभएको प्याशनेट फ्यानहरु हामीसँग छन्, ’ खड्काले भने ।

उनले दर्शकको उपस्थितिले नै प्रतियोगिताको सफलता र विकासमा प्रभाव पार्ने बताए ।

‘यदि हामीले समर्थकको उपस्थिति बढाउन सक्यौँ । एनपीएलको लागि वर्षभरि कुर्ने प्रतियोगिताको रुपमा विकास गर्न सक्यौँ, यदि एनपीएललाई विभिन्न स्थानमा गराउन सक्यौँ, त्यसले सो रुपमा स्थानीय स्तर विकास गर्छ भन्ने विश्वास राखेका छौँ,’ उनले भने, ‘यसले हामीलाई ठूलो ठूलो खेलाडीहरुलाई ल्याउन सहज वातावरण बनाउँछ । जसरी राष्ट्रिय खेलमा गेट लगाउन बाध्य हुन्छौँ त्यसरी नै यो लिगमा पनि समर्थकको त्यस्तो उपस्थित सृजना विश्वास गरेका छौँ ।’

उनले एनपीएलमार्फत ग्रासरुटको क्रिकेटको विकासमा पनि सकारात्मक प्रभाव ल्याउन खोजेको बताए । ‘जति पनि टिम छन्, सबैलाई क्रिकेट एकेडेमी खोलेर ग्रासरुट क्रिकेटको विकासमा सहयोग पुर्याउने बाटो खुल्ला गरिएको छ । साथै, टिमहरुलाई प्रादेशिक तथा जिल्ला क्रिकेट संघसँग पनि सहभागी टिमको समन्वय स्थापना गर्न खोजी रहेका छौँ, ’ सचिव खड्काले भने ।

खड्काले लगानीकर्ताले दिएको साथप्रति पनि कृतज्ञता व्यक्त गरे ।

फ्रेन्चाइज टोलीसँगको सम्झदारिताबारे उनले भने, ‘आजको भोलि प्रायोजन मात्र गरेर फाइदा लिने रुपमा नभई प्रतियोगितालाई सस्टेनएबल मोडलमा विकास गर्न खोजेका छौँ । पहिलो ३ वर्षमा केही वा कुनै टिमले पनि आर्थिक फाइदा पाउनु हुँदैन भनेर भन्दाभन्दै पनि टिम मालिकहरुले जुन साथ दिनु भएको छ । त्यो निकै सराहनीय छ ।’

उनले भने,‘ कुनै टोलीलाई पनि हामीले कसैलाई झुटो आश्वासन दिएनौँ । ५–६ वर्ष लगानी उठाउन समय लाग्छ भन्दा पाएको साथ हाम्रो लागि निकै ठूलो सहयोग बन्न पुग्यो ।’

प्रतियोगिताको डिजिटल प्रसारणको पक्ष बाँकी भएको बताए । करिब एक घण्टाभन्दा लामो चलेको अन्तर्क्रियामा एनपीएललाई थप व्यवस्थित र गुणस्तरीय बनाउने सकिने विषयमा विभिन्न पत्रकारहरुसँग सुझाव लिन कार्यक्रम क्यानले आयोजना गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register