नेपाल-भारतको पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं । साफ वुमन्स च्याम्पियनसीपमा नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा  भइरहेको खेलमा दुवै टोलीले पहिलो हाफमा गोल गर्न नसकेका हुन् । खेलको सुरुदेखि नै  आक्रमक खेलेको भारतले नेपालमाथि दबाब बनाएपनि  गोल भने गर्न सकेन । दुवै टोलीले गोलका लागि लगातार प्रयास गरेपनि सफल हुन सकेनन् । खेलको […]

Oct 27, 2024 - 13:55
 0
नेपाल-भारतको पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं । साफ वुमन्स च्याम्पियनसीपमा नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा  भइरहेको खेलमा दुवै टोलीले पहिलो हाफमा गोल गर्न नसकेका हुन् ।

खेलको सुरुदेखि नै  आक्रमक खेलेको भारतले नेपालमाथि दबाब बनाएपनि  गोल भने गर्न सकेन ।

दुवै टोलीले गोलका लागि लगातार प्रयास गरेपनि सफल हुन सकेनन् ।

खेलको २० मिनेटमा भारतकी ज्योती चाैहानले सिक्स यार्ड बक्सबाट हानेको बल बक्समाथिबाट बाहिरिदा भारतले अग्रता लिने अवसर गुमायो ।

यस्तै  ३१ मिनेट सावित्रा भण्डारी साम्बाको प्रहार भारतीय गोल किपर ई पान्थोइ चानुले रोकेपछि गोल हुन सकेन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register