हरिबोधिनी एकादशीको विशेषता : नदी वारपार तोरण (तस्वीरहरू)

काठमाडौं । हरिबोधिनी एकादशी सबैभन्दा ठूलो एकादशी हो । यसैले यसलाई ठूली एकादशी पनि भनिन्छ । यस दिन नदी वारपार तोरण टाँगिन्छ । यस धार्मिक महत्वलाई गहिरो अर्थमा लिइन्छ । हरिबोधिनी एकादशीलाई भगवान् विष्णुको निन्द्राबाट जागृत हुने दिन मानिन्छ । यो दिन भगवानको पूजा–आराधना गरी व्रत बस्नु र यस्ता प्रतीकात्मक क्रियाकलापमा सहभागी हुनुले धार्मिक तथा […]

Nov 12, 2024 - 01:23
 0
हरिबोधिनी एकादशीको विशेषता : नदी वारपार तोरण (तस्वीरहरू)

काठमाडौं । हरिबोधिनी एकादशी सबैभन्दा ठूलो एकादशी हो । यसैले यसलाई ठूली एकादशी पनि भनिन्छ । यस दिन नदी वारपार तोरण टाँगिन्छ । यस धार्मिक महत्वलाई गहिरो अर्थमा लिइन्छ ।

हरिबोधिनी एकादशीलाई भगवान् विष्णुको निन्द्राबाट जागृत हुने दिन मानिन्छ । यो दिन भगवानको पूजा–आराधना गरी व्रत बस्नु र यस्ता प्रतीकात्मक क्रियाकलापमा सहभागी हुनुले धार्मिक तथा सांस्कृतिक पक्षलाई सम्मान पुग्ने विश्वास छ ।

तोरण लगाउनुको अर्थ भगवानको शक्तिमा आश्रित भई सम्पूर्ण दुःख–कष्टबाट मुक्ति प्राप्त गर्नु र पापको नाश गर्दै पुण्य आर्जन गर्नु हो । तोरणलाई स्वर्गको प्रतीक मानिन्छ र यसलाई सजाएर नदी वारपार टाँग्दा आत्मिक शुद्धता प्राप्त गर्न सकिने विश्वास रहिआएको छ ।

आज (मंगलबार) हरिबोधिनी एकादशीको दिन काठमाडौंको पशुपतिनाथ मन्दिरस्थित बागमती नदीमा पनि तोरण टाँगिएको छ ।

हेरौँ तस्वीरमाः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register