मानव तस्करी प्रकरण : नक्कली कागजात बनाउने दुई जना पक्राउ

काठमाडौं । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारी मुछिएको मानव तस्करी प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुंगाका ३२ वर्षीया गुढी राई र ४१ वर्षीय नविन राई छन् । यससँगै यो घटनामा पक्राउ पर्नेको सङ्ख्या ९ पुगेको छ । उनीहरूले जापान जानलाई तीन युवाका लागि नक्कली सरकारी कागजात बनाइदिएको […]

Nov 12, 2024 - 10:41
 0
मानव तस्करी प्रकरण : नक्कली कागजात बनाउने दुई जना पक्राउ

काठमाडौं । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारी मुछिएको मानव तस्करी प्रकरणमा थप दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ओखलढुंगाका ३२ वर्षीया गुढी राई र ४१ वर्षीय नविन राई छन् । यससँगै यो घटनामा पक्राउ पर्नेको सङ्ख्या ९ पुगेको छ ।

उनीहरूले जापान जानलाई तीन युवाका लागि नक्कली सरकारी कागजात बनाइदिएको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।

नवीन र गुड्डीले बागबजारमा खोटाङस्थित ऐशेलुखर्क गाउँपालिका वडा नम्बर–२ को वडा सदस्य र कोशीको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहायकको परिचयपत्र बनाइदिएको अनुसन्धानबाट खुलेको छ ।

यसअघि यस प्रकरणमा पूर्वमन्त्री अधिकारी, खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई, रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटा, नुवाकोटका २२ वर्षीय जुगल रिजाल, दोलखाका ३० वर्षीय वीरबहादुर सुनुवार र धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाका ३४ वर्षीय महेश पाण्डे पक्राउ परेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register