जाडो मौसममा पिउनुहोस् गाजर र अदुवाको सुप

काठमाडौं । यो जाडोमा अरूभन्दा पनि सुप पिउनुको मज्जा नै बेग्लै छ । यदि तपाईंलाई पनि सुप पिउनु मनपर्छ भने आज यस्तो सुपको बारेमा हामी बताउनेछौँ, जुन स्वादिष्ट मात्र होइन, स्वास्थ्यको लागि पनि धेरै फाइदाजनक छ । हामी कुरा गर्दैछौँ गाजर र अदुवाको । यी दुवै भिटामिन र मिनरल्सले भरिपूर्ण हुन्छ । गाजरमा बिटा–क्यारोटिन हुन्छ […]

Nov 13, 2024 - 06:23
 0
जाडो मौसममा पिउनुहोस् गाजर र अदुवाको सुप

काठमाडौं । यो जाडोमा अरूभन्दा पनि सुप पिउनुको मज्जा नै बेग्लै छ । यदि तपाईंलाई पनि सुप पिउनु मनपर्छ भने आज यस्तो सुपको बारेमा हामी बताउनेछौँ, जुन स्वादिष्ट मात्र होइन, स्वास्थ्यको लागि पनि धेरै फाइदाजनक छ । हामी कुरा गर्दैछौँ गाजर र अदुवाको ।

यी दुवै भिटामिन र मिनरल्सले भरिपूर्ण हुन्छ । गाजरमा बिटा–क्यारोटिन हुन्छ जुन शरीरमा भिटामिन ए मा परिवर्तन हुन्छ र आँखाको लागि धेरै राम्रो हुन्छ । त्यसैगरी अदुवामा जिन्जरोल हुन्छ जुन एक शक्तिशाली एन्टिअक्सिडेन्ट हो र सुन्निएको कम गर्न मद्दत गर्छ ।

यसको लागि ४ देखि ५ वटा कोरेको गाजर, एउटा अदुवाको टुक्रा कोरेको, मसिनो गरी काटेको १ प्याज, २ देखि ३ वटा लसुनको पोटी काटेको, १ चम्चा तेल, १ चम्चा जिरा, आवश्यक अनुसार बेसार, धनियाँ पाउडर, खुर्सानी, स्वादअनुसार नुन र ४ कप पानी तयार गर्नुहोस् ।

एउटा भाँडामा तेल तताउनुहोस्, यसमा जिरा हालेर फुराउनुहोस् । त्यसपछि यसमा प्याज र लसुन हालेर गोल्डेन ब्राउन नहुञ्जेलसम्म भुट्नुहोस् । अब यसमा कोरेको गाजर र अदुवा हालेर २/३ मिनेटसम्म भुट्नुहोस् । त्यसपछि यसमा बेसार, धनियाँ पाउडर, खुर्सानी र नुन हालेर राम्रोसँग चलाउनुहोस् । त्यसपछि यसमा ४ कप पानी हालेर उम्लन दिनुहोस् ।

अब सानो आगो बनाएर १५/२० मिनेटसम्म वा गाजर नरम नहुञ्जेलसम्म पकाउनुहोस् । त्यसपछि ग्यास बन्द गर्नुहोस् र तातो तातो पिउनुहोस् । तपाईं यसलाई सेलाएर मिक्सरमा पिसेर स्मूथ पेस्ट बनाई पनि पिउन सक्नुहुन्छ ।

फाइदा-

  • अदुवामा एन्टिअक्सिडेन्टहरू हुन्छ, जसले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ,
  • अदुवाले पाचनलाई राम्रो बनाउन मद्दत गर्छ र ग्यास र कब्जियतको समस्या हटाउँछ,
  • गाजरमा भिटामिन ए हुन्छ, जसले छालालाई स्वस्थ राख्न मद्दत गर्छ,
  • गाजरमा भएको भिटामिन ए आँखाको दृष्टिको लागि पनि राम्रो हुन्छ,
  • यो सुप कम क्यालोरी भएको हुन्छ र यसले तौल घटाउन मद्दत गर्न सक्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register