उपनिर्वाचन हुने स्थानीय तहलाई आयोगको आठबुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचन हुन लागेका स्थानीय तहलाई आठबुँदे निर्देशन दिएको छ । सोमबार एक विज्ञप्तिमार्फत स्थानीय तहलाई निर्देशन दिएको हो । आयोगले राजनीतिक दल तथा उमेदवारहरूले कुनै पनि सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्ति प्रयोग वा अतिक्रमण वा दुरुपयोग वा क्षति पुर्‍याउने गरी कुनै काम गर्न/गराउन नपाउने बताएको छ । साथै, स्थानीय तहको स्वामित्व रहेको […]

Nov 18, 2024 - 12:11
 0
उपनिर्वाचन हुने स्थानीय तहलाई आयोगको आठबुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचन हुन लागेका स्थानीय तहलाई आठबुँदे निर्देशन दिएको छ । सोमबार एक विज्ञप्तिमार्फत स्थानीय तहलाई निर्देशन दिएको हो ।

आयोगले राजनीतिक दल तथा उमेदवारहरूले कुनै पनि सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्ति प्रयोग वा अतिक्रमण वा दुरुपयोग वा क्षति पुर्‍याउने गरी कुनै काम गर्न/गराउन नपाउने बताएको छ ।

साथै, स्थानीय तहको स्वामित्व रहेको निकाय, सामुदायिक विद्यालयको जग्गा, भवन, फर्निचर वा परिवहनको साधन अन्य भौतिक साधन प्रयोग गर्न पूर्णरूपमा रोक लगाउन आयोगले निर्देशन दिएको छ ।

निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकुल प्रभाव नपर्ने गरी सम्बन्धित स्थानीय तहका मतदाताहरूको सहज आवागमनको लागि सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवस्था मिलाउन पनि आयोगले आग्रह गरेको छ।

मंसिर १६ गते स्थानीय तहका रिक्त ४२ पदमा उपनिर्वाचन हुँदैछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register