राजधानी किभमा रुसी क्षेप्यास्त्र आक्रमणको चेतावनीपछि युक्रेनभर सावधानी

किभ । युक्रेनी राष्ट्रपतिका ‘चिफ अफ स्टाफ’ले राजधानी किभमा रुसले मिसाइल आक्रमणको चेतावनी दिएको बताएपछि अधिकारीहरूले देशव्यापी रूपमा सावधानी अपनाउन निर्देशन दिएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई उद्धृत गर्दै राष्ट्रपतिका ‘चिफ अफ स्टाफ’ एन्ड्री यर्माकले टेलिग्राममार्फत ‘रुसले किभमा क्षेप्यास्त्र आक्रमण गरिरहेको’ जनाएका छन् । युक्रेनी सेनाले बुधबार यसअघि नै युक्रेनी आकाशमा क्षेप्यास्त्र प्रवेश गरेको […]

Nov 13, 2024 - 07:47
 0
राजधानी किभमा रुसी क्षेप्यास्त्र आक्रमणको चेतावनीपछि युक्रेनभर सावधानी

किभ । युक्रेनी राष्ट्रपतिका ‘चिफ अफ स्टाफ’ले राजधानी किभमा रुसले मिसाइल आक्रमणको चेतावनी दिएको बताएपछि अधिकारीहरूले देशव्यापी रूपमा सावधानी अपनाउन निर्देशन दिएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई उद्धृत गर्दै राष्ट्रपतिका ‘चिफ अफ स्टाफ’ एन्ड्री यर्माकले टेलिग्राममार्फत ‘रुसले किभमा क्षेप्यास्त्र आक्रमण गरिरहेको’ जनाएका छन् ।

युक्रेनी सेनाले बुधबार यसअघि नै युक्रेनी आकाशमा क्षेप्यास्त्र प्रवेश गरेको र राजधानी किभतर्फ गइरहेको जानकारी गराएको थियो ।

‘सावधान१ चेर्निहिभ क्षेत्रबाट मिसाइल किभ क्षेत्रतर्फ गइरहेको छ,’ यर्माकले टेलिग्राममार्फत जारी सूचनामा उल्लेख गरिएको छ ।

रुसको एक हप्ताको निरन्तर आक्रमणपछि मङ्गलबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगरमा एक ३२ वर्षीया आमा र उहाँका तीन बच्चाहरूको मृत्यु भएको थियो ।

पछिल्लो समयमा मस्को र किभले एक अर्कालाई लक्षित गरी २४ घण्टा आक्रमणहरू गरिरहेका छन् ।

रुसी क्षेत्र कुस्र्कबाट युक्रेनी सेनालाई निष्कासन गर्न रुसले उत्तर कोरियाली लडाकुसहित करिब ५० हजार सैनिक तयार पारेको जेलेन्स्कीले बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register