झापामा अपाङ्गता भएकाहरुले मंसिर २ गतेदेखि गाउँघरमै स्वास्थ्य परीक्षणसँगै परिचय–पत्र पाउने

झापा, २८ कात्तिक । झापाका १५ वटै पालिकामा अपाङ्गता रोकथाम तथा पुनस्र्थापनाका सञ्चालनमा आएको छ । प्रदेश सरकार, स्थानीय तह र करुणा फाउण्डेशनको त्रिपक्षीय लागतमा जिल्लाका १५ वटै स्थानीय तहमा चालू आर्थिक वर्षदेखि उक्त कार्यक्रम सञ्चालनमा आएको हो । करुणा फाउण्डेशनद्वारा झापाको बिर्तामोडमा आज आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा फाण्डेशनका बरिष्ठ कार्यक्रम व्यवस्थापक कमल कोइरालाले तीन [...] The post झापामा अपाङ्गता भएकाहरुले मंसिर २ गतेदेखि गाउँघरमै स्वास्थ्य परीक्षणसँगै परिचय–पत्र पाउने appeared first on Jhapa Online.

Nov 13, 2024 - 09:36
 0
झापामा अपाङ्गता भएकाहरुले मंसिर २ गतेदेखि गाउँघरमै स्वास्थ्य परीक्षणसँगै परिचय–पत्र पाउने

झापा, २८ कात्तिक । झापाका १५ वटै पालिकामा अपाङ्गता रोकथाम तथा पुनस्र्थापनाका सञ्चालनमा आएको छ ।

प्रदेश सरकार, स्थानीय तह र करुणा फाउण्डेशनको त्रिपक्षीय लागतमा जिल्लाका १५ वटै स्थानीय तहमा चालू आर्थिक वर्षदेखि उक्त कार्यक्रम सञ्चालनमा आएको हो । करुणा फाउण्डेशनद्वारा झापाको बिर्तामोडमा आज आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा फाण्डेशनका बरिष्ठ कार्यक्रम व्यवस्थापक कमल कोइरालाले तीन वर्षे कार्ययोजना बनाएर झापाका १५ वटै पालिकासँग सम्झौता गरेर कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तरगत मंसिर २ गतेदेखि झापाका सबै पालिकामा अपाङ्गता भएका व्यक्तिका लागि शिविर सञ्चालन गरिने भएको छ । उक्त शिविरमा स्वास्थ्य परीक्षण, सहायक सामग्री, कृतिम हातखुट्टाको नापजाँच, विद्यालय भर्ना, परिचय–पत्र वितरण गरिने बरिष्ठ कार्यक्रम व्यवस्थापक कोइरालाले बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले लक्षित समुदायको हितमा बजेट खर्च गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा राष्ट्रिय अपाङ्गता महासंघका केन्द्रीय सदस्य दीपक बोहोरा, महासंघका कोशी प्रदेश अध्यक्ष नविन ढुंगेलले सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिनुभएको थियो ।
नवजात शिशु तथा १० बर्षमुनीका बालबालिकाको स्वास्थ्य जाँच गरी हुनसक्ने अपाङ्गताको पहिचान र व्यवस्थापन गर्ने, अपाङ्गता भएका व्यक्ति र उनीहरुका परिवारको जीवनको गुणस्तरमा सुधार ल्याउने, स्थानीय तहमा रहेर लक्षित समूहलाई सेवा प्रदान गर्ने साथै सरकारी संरचनाको सुदृढीकरण गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालित छ ।

फाउण्डेशनका पालिका संयोजक जिल्ला संयोजक सञ्जय शर्मा, पालिका संयोजक सुरेन्द्र गिरी, सीबीआर अधिकृत स्नेहा खड्का, झापाली सञ्चारकर्मीको लगायतको सहभागिता रहेको थियो ।

The post झापामा अपाङ्गता भएकाहरुले मंसिर २ गतेदेखि गाउँघरमै स्वास्थ्य परीक्षणसँगै परिचय–पत्र पाउने appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register