दैनिक १० लाख डलर पुरस्कारविरुद्ध ​​सरकारको चेतावनी

वासिङ्टन, ८ कात्तिक (एजेन्सी) । अमेरिकी न्याय विभागले एलोन मस्कको अभियान अमेरिका पीएसीलाई चेतावनीसहितको पत्र पठाएको छ। विभागले ट्रम्पको समर्थनमा रहेको मस्कको चुनावी अभियान संगठनलाई पत्र लेखेको हो । मतदातालाई प्रतिदिन १० लाख अमेरिकी डलर दिने मस्कको योजना कानुन उल्लंघनको दायरामा आउन सक्ने पत्रमा भनिएको छ । विभागले पत्र पठाएको बीबीसी सम्बद्ध सीबीएस न्युजले पुष्टि [...] The post दैनिक १० लाख डलर पुरस्कारविरुद्ध ​​सरकारको चेतावनी appeared first on Jhapa Online.

Oct 24, 2024 - 05:56
 0
दैनिक १० लाख डलर पुरस्कारविरुद्ध ​​सरकारको चेतावनी

वासिङ्टन, ८ कात्तिक (एजेन्सी) । अमेरिकी न्याय विभागले एलोन मस्कको अभियान अमेरिका पीएसीलाई चेतावनीसहितको पत्र पठाएको छ। विभागले ट्रम्पको समर्थनमा रहेको मस्कको चुनावी अभियान संगठनलाई पत्र लेखेको हो ।

मतदातालाई प्रतिदिन १० लाख अमेरिकी डलर दिने मस्कको योजना कानुन उल्लंघनको दायरामा आउन सक्ने पत्रमा भनिएको छ । विभागले पत्र पठाएको बीबीसी सम्बद्ध सीबीएस न्युजले पुष्टि गरेको छ। मस्कको चुनावी अभियानलाई पठाइएको पत्रको जानकारी पहिलो पटक सीएनएनले साझा गरेको थियो।

मस्कको अभियानले अमेरिका पीएसीको यो पुरस्कार योजनामा ​​सात स्विङ राज्यमा दर्ता भएका मतदाताहरूलाई एउटा याचिकामा हस्ताक्षर गर्न अपिल गरेको छ। चुनाव नहुँदासम्म प्रत्येक दिन उक्त याचिकामा हस्ताक्षर गर्ने एक व्यक्तिलाई एक मिलियन अमेरिकी डलर दिइनेछ।

केही कानुनविद्हरूले यो पुरस्कार योजना गैरकानूनी हुनसक्ने पहिल्यै बताएका थिए। अक्टोबर १९ मा, चिट्ठाको पहिलो चेक पेन्सिलभेनियामा आयोजित एक कार्यक्रममा एक व्यक्तिलाई दिइएको थियो।

The post दैनिक १० लाख डलर पुरस्कारविरुद्ध ​​सरकारको चेतावनी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register