बाइडेन र ट्रम्पबीच भेटवार्ता, शान्तिपूर्ण सत्ता हस्तान्तरणमा सहमत

सन् २०२० मा बाइडनले जित्दा ट्रम्पले ह्वाइटहाउसमा बोलाएका थिएनन् । ट्रम्पले बाइडनको शपथ ग्रहण समारोहसमेत बहिस्कार गरेका थिए । साथै निर्वाचन परिणाम अस्वीकार गर्दै उनका समर्थकले संसद् भवनमा तोडफोडसमेत गरेका थिए ।

Nov 14, 2024 - 03:17
 0
बाइडेन र ट्रम्पबीच भेटवार्ता, शान्तिपूर्ण सत्ता हस्तान्तरणमा सहमत

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको छ । उनीहरूबीच राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा भेटवार्ता भएको हो ।

बाइडनले ट्रम्पलाई सत्ता हस्तान्तरण प्रक्रियाका लागि भेट्न निमन्त्रणा दिएका थिए । यो अमेरिकी राष्ट्रपतिको परम्परा रहेको बीबीसीले जनाएको छ ।

भेटमा बाइडनले हात मिलाएर ट्रम्पलाई बधाई दिएका थिए । भेटका क्रममा दुवैजना शान्तिपूर्ण सत्ता हस्तान्तरणमा सहमत भएको जनाइएको छ ।

दुई नेताको भेट यसअघि गत जुनमा भएको थियो । त्यसयता चुनावी माहोलमा दुवैले एकअर्कालाई कटाक्ष गरेका थिए ।

सन् २०२० मा बाइडनले राष्ट्रपतिमा जित्दा ट्रम्पले ह्वाइटहाउसमा बोलाएका थिएनन् । ट्रम्पले बाइडनको शपथ ग्रहण समारोहसमेत बहिस्कार गरेका थिए । साथै निर्वाचन परिणाम अस्वीकार गर्दै उनका समर्थकले संसद् भवनमा तोडफोडसमेत गरेका थिए ।

ट्रम्पको शपथ ग्रहण समारोहमा भने बाइडन सहभागी हुने बीबीसीले जनाएको छ । ट्रम्पले आगामी २० जनवरी २०२५ मा राष्ट्रपति पदको शपथ ग्रहण गर्दैछन् ।

बाइडेनकै दल डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई हराएर रिपब्लिकन नेता ट्रम्प दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register