धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियाको औपचारिकताका लागि ३ जनालाई अन्तर्वार्तामा बोलाइयो !

काठमाडौँ । सेयर बजारको नियामक नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियाको औपचारिकताका लागि तीन जनालाई अन्तर्वार्तामा बोलाइएको छ । एक सूचना जारी गर्दै अर्थ मन्त्रालयले सर्ट लिष्टमा परेका तीन जना अध्यक्षका उम्मेदवारलाई अन्तर्वार्तामा बोलाएको हो ।  अर्थ मन्त्रालयले सर्ट लिष्टमा परेका नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सीईओ कृष्णबहादुर कार्की, तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँ र […]

Nov 14, 2024 - 03:17
 0
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियाको औपचारिकताका लागि ३ जनालाई अन्तर्वार्तामा बोलाइयो !

काठमाडौँ । सेयर बजारको नियामक नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियाको औपचारिकताका लागि तीन जनालाई अन्तर्वार्तामा बोलाइएको छ । एक सूचना जारी गर्दै अर्थ मन्त्रालयले सर्ट लिष्टमा परेका तीन जना अध्यक्षका उम्मेदवारलाई अन्तर्वार्तामा बोलाएको हो । 

अर्थ मन्त्रालयले सर्ट लिष्टमा परेका नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सीईओ कृष्णबहादुर कार्की, तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँ र धितोपत्र बोर्डकै कार्यकारी निर्देशक नवराज अधिकारीलाई अन्तर्वार्तामा बोलाएको छ । 

अर्थ मन्त्रालयका अनुसार अन्तर्वार्ताको समय मंसिर ९ बजे बिहान ८ बजेका लागि तोकिएको छ । 

यसो त अर्थ मन्त्रालयले यसअघि असोज १८ गते सर्ट लिष्टमा परेका तीनै जनालाई अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरणका लागि बोलाइएको थियो ।

तर, अन्तिममा समयमा मन्त्रालयले विशेष कारण देखाउँदै अन्तर्वार्ता रोकेको थियो । हाल भने मन्त्रालयले तीन जनालाई पुनः अन्तर्वार्ताका लागि बोलाएको छ । तर, यो अन्तर्वार्ता औपचारिकताका लागि मात्रै गर्न लागिएको चर्चा राजनीतिक वृत्तमा छ । 

अघिल्लो पटक अन्तर्वार्तामै अनुपस्थित भएका तीनै जनालाई अन्तिम पट अन्तर्वार्तामा बोलाएर यसअघि नै अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरण दिइसकेको सन्तोष नारायण श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्ति गर्ने तयारी सरकारको रहेको बुझिएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register