बाढीपहिरोले मकवानपुरमा १ अर्ब ६९ लाख बढीको क्षति

मकवानपुर । हालैको बाढीपहिरोले मकवानपुरमा १ अर्ब ६९ लाखभन्दा बढीको भौतिक क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा १ अर्ब ६९ लाख ३५ हजार सात सय ३५ बराबरको धनमालको क्षति भएको छ। जिल्लाका १० पालिकामध्ये सबैभन्दा बढी इन्द्रसरोवर गाउँपालिकामा मानवीय र भौतिक क्षति भएको सहायक प्रमुख जिल्ला अधिकारी घोलकराज ढकालले बताए। जिल्लाका १० पालिकाका […]

Nov 14, 2024 - 05:04
 0
बाढीपहिरोले मकवानपुरमा १ अर्ब ६९ लाख बढीको क्षति

मकवानपुर ।

हालैको बाढीपहिरोले मकवानपुरमा १ अर्ब ६९ लाखभन्दा बढीको भौतिक क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा १ अर्ब ६९ लाख ३५ हजार सात सय ३५ बराबरको धनमालको क्षति भएको छ।

जिल्लाका १० पालिकामध्ये सबैभन्दा बढी इन्द्रसरोवर गाउँपालिकामा मानवीय र भौतिक क्षति भएको सहायक प्रमुख जिल्ला अधिकारी घोलकराज ढकालले बताए।

जिल्लाका १० पालिकाका एक सय ३४ घर पूर्ण रूपमा र एक सय ८३ घर आंशिक रूपमा क्षति भएका उनले बताए । पाँच पालिकाका १६ वटा झोलुङ्गे पुल र ५१ वटा सडक तथा २३ हजार ७९ रोपनी जग्गामा लगाइएको बालीमा क्षति भएको छ । खानेपानी, विद्युत्लगायत ५८ वटा पूर्वाधारमा क्षति भएको उनले बताए।

बाढीपहिरोमा परी जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा छ, मनहरी गाउँपालिकामा दुई, मकवानपुरगढीमा एक र बागमती गाउँपालिकामा एक गरी १० जनाको मृत्यु भएको थियो।

थाहा नगरपालिकामा दुई जना, भीमफेदी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, बकैयाँ गाउँपालिका र बागमती गाउँपालिकामा एक–एक जना गरी छ जना घाइते भएका थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register