भोलिदेखि नेपालले बंगलादेशमा बिजुली निर्यात गर्ने

काठमाडौं । नेपालले शुक्रबारदेखि बंगलादेशमा बिजुली निर्यात गर्ने भएको छ । गत असोज १७ मा भएको त्रिपक्षीय सम्झौता अनुसार नेपालले ४० मेगावाट बिजुली बंगलादेश पठाउने भएको हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार शुक्रबार नेपाल, भारत र बंगलादेशका तीन जनै ऊर्जामन्त्रीले भर्चुअल रूपमा उद्घाटन गरेर बिजुली बंगलादेश पठाइने भएको छ । शुक्रबार […]

Nov 14, 2024 - 11:47
 0
भोलिदेखि नेपालले बंगलादेशमा बिजुली निर्यात गर्ने

काठमाडौं । नेपालले शुक्रबारदेखि बंगलादेशमा बिजुली निर्यात गर्ने भएको छ । गत असोज १७ मा भएको त्रिपक्षीय सम्झौता अनुसार नेपालले ४० मेगावाट बिजुली बंगलादेश पठाउने भएको हो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार शुक्रबार नेपाल, भारत र बंगलादेशका तीन जनै ऊर्जामन्त्रीले भर्चुअल रूपमा उद्घाटन गरेर बिजुली बंगलादेश पठाइने भएको छ ।

शुक्रबार करिब ११ घण्टामात्रै बिजुली बिक्री गर्दा प्राधिकरणले ३८ लाख ३२ हजार ४ सय रुपैयाँ आम्दानी गर्ने बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register