नवजात शिशुको मृत्यु प्रकरण : गाडिएको ठाउँबाट शव निकालेर अनुसन्धान गर्दै प्रहरी

सिरहा । सिरहाको औरही गाउँपालिका–५ की राधादेवी दासको कोखबाट जन्मिएको नवजात शिशु उपचार गर्न लैजाने क्रममा गत सोमबार मृत्यु भएको थियो । परिवारले मृतक शिशुको सद्गत गरिसकेपछि राधादेवीको माइतीपक्षले घटनाको शङ्का व्यक्त गर्दै उजुरी गरेपछि प्रहरीले अनुसन्धान थालेको छ । अनुसन्धानका क्रममा प्रहरीले मङ्गलबार मृतक शिशुको शव गाडिएको स्थानबाट निकाली शवपरीक्षणका लागि प्रादेशिक अस्पताल लहान […]

Nov 15, 2024 - 00:17
 0
नवजात शिशुको मृत्यु प्रकरण : गाडिएको ठाउँबाट शव निकालेर अनुसन्धान गर्दै प्रहरी

सिरहा । सिरहाको औरही गाउँपालिका–५ की राधादेवी दासको कोखबाट जन्मिएको नवजात शिशु उपचार गर्न लैजाने क्रममा गत सोमबार मृत्यु भएको थियो । परिवारले मृतक शिशुको सद्गत गरिसकेपछि राधादेवीको माइतीपक्षले घटनाको शङ्का व्यक्त गर्दै उजुरी गरेपछि प्रहरीले अनुसन्धान थालेको छ ।

अनुसन्धानका क्रममा प्रहरीले मङ्गलबार मृतक शिशुको शव गाडिएको स्थानबाट निकाली शवपरीक्षणका लागि प्रादेशिक अस्पताल लहान पठाएको छ । ‘सुत्केरीका माइती पक्षबाट जाहेरी त अहिलेसम्म दिनुभएको छैन, तर घटनाप्रति शङ्का व्यक्त गर्दै अनुसन्धान गरिदिन अनुरोध गरेपछि अहिले हामी घटनाको अनुसन्धान गर्दै छौँ,’ इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोविन्दप्रसाद साहले भने ।

के भएको थियो घटना ?

राधादेवीको गोलबजारस्थित बर्धमान अस्पतालमा शल्यक्रिया गरी सुत्केरी गराइएको थियो । बिहीबार अस्पताल प्रशासनले पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएको हो । अस्पतालका सञ्चालक डा तेजशङ्कर यादवका अनुसार सुत्केरी व्यथा लागेपछि राधादेवी प्रादेशिक अस्पताल सिरहाबाट पठाइ उक्त अस्पतालमा आएकी थिइन् ।

‘बच्चा उल्टो अवस्थामा रहेकाले आमा र बच्चाको अवस्था गम्भीर भएकाले सिरहा अस्पतालले पठाएको र सबै रिपोर्ट हेरेपछि आमालाई भए पनि बचाउन सकिन्छ भनेर हामीले बिरामीका परिवारलाई जानकारी गरायौँ,’ अस्पतालका सञ्चालक यादवले भने । उनका अनुसार आमालाई भए पनि बचाउनुस् भन्ने परिवारको सल्लाहबमोजिम सबै प्रक्रिया पूरा गरी हामीले आमाको शल्यक्रियामार्फत बच्चा सकुशल निकाल्न सफल भयौँ । तर, कम तौलको जीवित बच्चा जन्मिए पनि बच्चा रुने कराउने केही थिएन । भेन्टिलेसनमा राखेर बच्चाको उपचार गराए बचाउन सकिने सल्लाहअनुसार उनीहरूले बच्चालाई एम्बुलेन्समा राखेर अन्यन्त्र अस्पताल लगे ।

बर्धमान अस्पतालमा सघन उपचार कक्ष खाली नभएपछि लहानको सप्तऋषि अस्पतालमा बच्चालाई लिएर गएको राधादेवीकी सासू जलेश्वरी दासले जानकारी दिइन् । । बच्चा अस्पतालमा पुग्दा लहानका अस्पतालले मृत घोषणा गरिदिएपछि उतैबाट आफैँले स्थानीय गागनखोलामा बच्चाको अन्तिम संस्कार गरेको उनले बताइन् ।

यसबारे राधादेवीको माइतीका दाइ राहुल पटेलले अनावश्यक बखेडा झिकेर घटनालाई गिजोलेको स्वयं आधादेवीको सासूको भनाइ छ । उनले भनिन्, ‘उहाँ डाक्टर)हरूले आमाको भए पनि ज्यान बचाउनुभयो । अस्पतालाई दोष दिने ठाउँ कतै छैन । चार दिनदेखि आमाको उपचार यही अस्पतालमा गराइरहेका छौँ ।’ बच्चा बचाउन नसकेकामा उनले दुःख व्यक्त गरिन् ।

अस्पताल प्रशासनका अनुसार केटा र केटीबीच अन्तरजातीय विवाहका कारण घरायसी द्वन्द्वको रुप प्रकट भएको हो । यसकारणले अस्पतालाई कुनै किसिमको आक्षेप नलगाउन अस्पताल प्रशासनले आग्रह गरेको छ । सुत्केरी राधादेवीका श्रीमान् भने वैदेशिक रोजगारीमा रहेका छन् । –रासस–

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register