‘झाक्री’ भुजेलविरुद्ध सवारी ज्यान मुद्दामा अनुसन्धान : थपियो पाँच दिनको म्याद

बुधबार दिउँसो काठमाडौंको साँखु–थली सडकखण्डमा थलीबाट साँखुतर्फ आउँदै गर्दा भुजेलले चलाएको बा१९च २६९५ नम्बरको कारको ठक्करबाट बाप्र–०२–०१८प ६८७५ नम्बरको बाइक चालक कागेश्वरी मनोहरा–२ का ३८ वर्षीय नारायण नगरकोटीको मृत्यु भएको थियो ।

Nov 15, 2024 - 00:29
 0
‘झाक्री’ भुजेलविरुद्ध सवारी ज्यान मुद्दामा अनुसन्धान : थपियो पाँच दिनको म्याद

काठमाडौं । शङ्खरापुर नगरपालिका–९ इन्द्रायणीस्थित साँखु–थली सडकखण्डमा आफैँले चलाएको कारको ठक्करबाट एक जनाको मृत्यु भएको प्रकरणमा पक्राउ परेका ‘झाक्री’ प्रकाश भुजेलविरुद्ध अनुसन्धान गर्न पाँच दिन म्याद थप गरिएको छ ।

जिल्ला अदालत काठमाडौंले भुजेललाई बिहीबार पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

बुधबार दिउँसो काठमाडौंको साँखु–थली सडकखण्डमा थलीबाट साँखुतर्फ आउँदै गर्दा भुजेलले चलाएको बा१९च २६९५ नम्बरको कारको ठक्करबाट बाप्र–०२–०१८प ६८७५ नम्बरको मोटरसाइकल चालक कागेश्वरी मनोहरा–२ का ३८ वर्षीय नारायण नगरकोटीको मृत्यु भएको थियो ।

भुजेलले चलाएको कारको ठक्करबाट मोटरसाइकलमा सवार मृतक नारायणकी श्रीमती ३२ वर्षीया सानुमाया नगरकोटी गम्भीर घाइते भएकी छिन् । उनको उपचार भइरहेको छ ।

‘झाँक्री’ भुजेलको उन्मादले निम्त्याएको त्रासदी, गर्भको शिशुसहित दम्पतीको दर्दनाक अन्त्य (भिडिओ)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register