पीएल सिंह : प्रजातन्त्रका लागि पटक–पटक जेलदेखि भारतमा निर्वासनसम्म

काठमाडौं । सोमबार निधन भएका काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता पीएल सिंह लामो समय सर्वोच्च २०४६ सालको जनआन्दोलनमा सर्वोच्च कमान्डर गणेशमान सिंहनिकट रहेर काम गरेका थिए । उनलाई गणेशमानका धर्मपुत्रको रुपमा पनि चिनिन्छ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा सङ्लग्न रहँदा नेता सिंह पटक–पटक जेल जानुका साथै भारतमा निर्वासनसमेत हुनुपरेको थियो । प्रजातन्त्र पुनःस्थापनापछि २०४९ […]

Dec 17, 2024 - 00:27
 0
पीएल सिंह : प्रजातन्त्रका लागि पटक–पटक जेलदेखि भारतमा निर्वासनसम्म

काठमाडौं । सोमबार निधन भएका काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता पीएल सिंह लामो समय सर्वोच्च २०४६ सालको जनआन्दोलनमा सर्वोच्च कमान्डर गणेशमान सिंहनिकट रहेर काम गरेका थिए । उनलाई गणेशमानका धर्मपुत्रको रुपमा पनि चिनिन्छ ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा सङ्लग्न रहँदा नेता सिंह पटक–पटक जेल जानुका साथै भारतमा निर्वासनसमेत हुनुपरेको थियो ।

प्रजातन्त्र पुनःस्थापनापछि २०४९ को स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट उनी तत्कालीन काठमाडौं नगरपालिकाको पहिलो नगरप्रमुख (मेयर) निर्वाचित भएका थिए ।

स्व सिंहकै पहलमा २०५२ मा काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो । यसैगरी २०५६ मा उनी कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य भएका थिए । सिंह जनसङ्ख्या तथा वातावरण मन्त्रीसमेत बनेका थिए ।

पूर्वमेयर पीएल सिंहको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । तस्वीर : गोपाल दाहाल/रासस ।

स्व सिंहले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

पीएल सिंह भनेर चिनिए पनि उनको वास्तविक नाम भने प्रेमलाल सिंह थियो ।

नेता सिंहको ८८ वर्षको उमेरमा काठमाडौंको चाक्सीबारीमा सोमबार राति १ बजे निधन भएको थियो ।

उनको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने कांग्रेसले जनाएको छ ।

लखतीर्थमा पूर्वमेयर सिंहको अन्त्येष्टि, भाइले दिए दागबत्ती

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register