नेपालबाट बङ्गलादेश विद्युत् निर्यात शुभारम्भ

काठमाडौँ, कात्तिक ३० गते । नेपालबाट भारत हुँदै बङ्गलादेश विद्युत् निर्यात औपचारिक रुपमा शुभारम्भ भएको छ ।  नेपालले भारतसँग मात्रै विद्युत निर्यात गर्दै आएकोमा शुक्रबार मध्याह्न १२ः३० बजेदेखि बङ्गलादेश पनि निर्यात सुरु भएको हो ।  बङ्गलादेश विद्युत् निर्यात नेपालको तेस्रो मुलुकमा पहिलो हो ।  नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्का, भारतका विद्युतमन्त्री मनोहर […]

Nov 15, 2024 - 16:58
 0
नेपालबाट बङ्गलादेश विद्युत् निर्यात शुभारम्भ

काठमाडौँ, कात्तिक ३० गते । नेपालबाट भारत हुँदै बङ्गलादेश विद्युत् निर्यात औपचारिक रुपमा शुभारम्भ भएको छ । 

नेपालले भारतसँग मात्रै विद्युत निर्यात गर्दै आएकोमा शुक्रबार मध्याह्न १२ः३० बजेदेखि बङ्गलादेश पनि निर्यात सुरु भएको हो । 

बङ्गलादेश विद्युत् निर्यात नेपालको तेस्रो मुलुकमा पहिलो हो । 

नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्का, भारतका विद्युतमन्त्री मनोहर लाल र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुल कबिर खानले भर्चुअल विधिमार्फत संयुक्त रूपमा ‘स्विच अन’ गरी विद्युत् निर्यात उद्घाटन गरे ।  

नेपालले ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात गरेको छ । नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात गर्ने त्रिपक्षीय सम्झौता गत असोजमा भएको थियो । 

नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट करिब ८ रुपियाँ ६४ पैसा (६.४ अमेरिकी सेन्ट) का दरले बङ्गलादेशलाई विद्युत् निर्यात गर्ने सम्झौतामा उल्लेख छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register