चार्लटन नेपाली समाजले राज्य समन्वय परिषद ईङ्ल्याण्डलाई गर्यो सहयोग

Feb 17, 2022 - 10:33
Feb 17, 2022 - 18:25
 0
चार्लटन नेपाली समाजले राज्य समन्वय परिषद ईङ्ल्याण्डलाई गर्यो सहयोग

चार्लटन नेपाली समाजले राज्य समन्वय परिषद ईङ्ल्याण्डलाई गर्यो सहयोग

गैरआवासीय नेपाली सङ्घ, राज्य समन्वय परिषद इङग्ल्याण्डको ‘Run Fest’ कार्यक्रमलाई चार्लटन नेपाली समाजले प्रत्यक्ष पाँच किलोमिटर दौडिएर सहयोग गरेको छ।

चार्लटन नेपाली समाजले NRNA ESCC ले संञ्चालन गरेको Run Fest कार्यमलाई सहयोग गर्ने हेतुले १३ फेब्रवरी आईतवार बि के हत दौडको आयोजना गरेको थियो ।

 चार्लटन पार्क को ठुलो चौरमा (NRNA ESCC ) गैर आबासीय नेपाली संघ ,राज्य समन्वय परिषद इन्गल्यान्ड की सह सचिव श्रिमती अञ्जु कुवर र सदस्य श्री दीपेन्द्र सिटेला को सम उपस्थितमा यो कार्यक्रम सम्पन्न भएको थियो ।

करिव तिस जाना जतिको  सहभागी रहेको सो कार्यक्रम मा सो कार्यक्रममा पासा पुसे गुठी साउथ इस्ट लन्डनका अध्यक्ष माधव लाल श्रेष्ठ ,पशुपति मन्दिर का अध्यक्ष दासु राम पाण्डे ,चार्लटन नेपाली समाज की अध्यक श्रीमती रेखा बस्नेत, साहित्य परिषद्का रेशम अर्याल, निवर्तमान अध्यक्ष कृष्ण खरेल तथा चार्लटन समाजकै महासचिव टि एन  रिजाल लगायत धेरै कार्यसमिति का सदस्यहरूको उपस्थित रहेको थिए । साथै चार्लटन नेपाली समाज का  घेरै महिला र पुरुषहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो। 

कार्यक्रमको शुरुवात चार्लटन हाउसबाट चार्लटन नेपाली समाज का माहासचिवले सुरु गर्नु भएको थियो ।
गैर आबासीय नेपाली संघ ,राज्य समन्वय परिषद इन्गल्यान्ड (NRNA ESCCS) सह सचिव श्रीमती अञ्जुले कार्यक्रममा बोल्दै भन्नुभयो
“ चार्लटन नेपाली समाजले गरेको सहयोग सराहनीय छ, ‘स्वास्थ्य नै घन हो’   धन्ने नाराका साथ हजुरहरु यहाँ यसरी उपस्थित भएको मा  हामी विभोर भएका छौ।यो डौड एउटा कार्यक्रम मात्र नभएर समाजलाई एकै शुत्रमा बड्ने कडी पनि  हो” भनु भयो।

त्यस्तै गैर आबासीय नेपाली संघ ,राज्य समन्वय परिषद इन्गल्यान्ड का सदस्य दीपेन्द्र सिटैलाले चार्लटन नेपाली समाजलाई हार्दिक धन्यवाद दिँदै साथै अरु समाजले पनि चार्लटन नेपाली समाज बाट सिक्नुपर्ने कुरामा जोड दिनु भयो।

कार्यक्रमलाई अगाडी बडाउँदै महासचिव ले सबैलाई धन्यवाद दिनुभयो । सो कार्यक्रम लन्डन नेपाल न्यूज ले प्रत्यक्ष प्रसारण गरेको थियो ।
निर्धारित दुरी पार गरिसकेपछि सम्पूर्ण सहभागिहरुलाई अध्यक्ष श्रिमती रेखा बस्नेतले चिया पान का साथै फलफूलको पनि व्यवस्था गर्नुभएको थियो । 

दौड कार्यक्रम सकिसकेपछि पासा पुछे गुठीका अध्यक्षले लाइभमा बोल्दै  भन्नु भयो “ममा अति राम्रो स्फूर्ती आको जस्तो लाग्यो यस्तो कार्यक्रम भविष्य पनि भई रहनु पर्छ”। त्यस्तै पशुपति मन्दिरका अध्यक्ष दासुराम पाण्डेले पनि लाईभ मा बोल्दै भन्नुभयो  “जुन स्वास्थ्य नै धन हो भन्ने नाराका साथ यो कार्यक्रम गर्नुभएको छ यो अतिनै सह्रानीय छ, साथै उत्साहजनक रुपमा सबै सहभागीहरु आइदिएर  यसलाई सफल बनाइदिएको मा हार्दिक धन्यवाद तथा बधाई” दिनुभयो ।

चार्लटन नेपाली समाजका महासचिवले पनि यो अत्यन्तै रचनात्मक कार्यक्रम रहेको र धेरै सहभागीहरुले सहभागिता जनाउनुभएको ,यसको लागि गैर आबासीय नेपाली संघ ,राज्य समन्वय परिषद इन्गल्यान्ड लाई धेरै धेरै धन्यवाद भनु भयो।

सहभागी महिला दिदीबैनीहरूले पनि यस कार्यमा सहभागि भएकोले अति ख़ुशी लागेको बताउनु भएको थियो।

चार्लटन नेपाली समाजका अध्यक्ष श्रिमति रेशा बस्नेतले आफ्नो प्रतिकुल स्वास्थ अवस्था को बाबजुद पनि कार्यक्रममा आएर सबै सहभागीहरूलाई हौसला दिनु भएको थियो ।

केही सहभागीहरूको नामसूची: (सीता अर्याल,धन बहादुर,माधवला श्रेष्ठ,राम पाण्डे, प्रकाश कँडेल, बसन्त खनाल, प्रकाश बस्नेत, टी एन रिजाल, रेशम अर्याल,प्रभात राजल, कृष्ण खरेल, कमला खरेल,मिना खान, विष्णु पाण्डे, दशुराम पाण्डे, शिव भण्डारी, नारायण घिमिरे, पुकार ज्ञवाली, हरि पन्थ, आनन्द लोहिनी, किरण सापकोटा, रेखा सिटौला, रेखा खरेल, रिदम बस्नेत, मिना खनाल, माधव लाल श्रेष्ठ )

अन्जु कुँवर 
सह सचिव 
गैर आबासीय नेपाली संघ ,राज्य समन्वय परिषद इन्गल्यान्ड।

कार्यक्रमका केहि झलकहरु:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Yubaraj हामी जनता, हाम्रो सभ्यता र हाम्रो राष्ट्रको लागि महत्त्वपूर्ण समाचार ल्याउने र विश्लेषण गर्ने प्रयास गर्छौं। तपाईंले निम्न सामाजिक मिडियामा हामीलाई 'फलो'गर्न सक्नुहुन्छ: Dununu: https://www.dununu.com/yubasedai Twitter: https://twitter.com/HamroGlobal