भारतको मेडिकल कलेजमा भीषण आगलागी, १० बालबालिकाको मृत्यु

भारत, १ मंसिर । भारतको उत्तर प्रदेशको झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेजमा गए राति भीषण आगलागी हुँदा १० बालबालिकाको मृत्यु भएको छ । झाँसी जिल्ला मजिस्ट्रेटले १० बालबालिकाको मृत्यु भएको पुष्टि गरेको छ । समाचारअनुसार मेडिकल कलेजको नियोनेटल इन्टेन्सिभ केयर युनिट (एनआइसियु) मा आगलागी भएको हो। केहीको जलेर र केहीको निसास्सिएर मृत्यु भएको भारतीय सञ्चारमाध्यमले [...] The post भारतको मेडिकल कलेजमा भीषण आगलागी, १० बालबालिकाको मृत्यु appeared first on Jhapa Online.

Nov 16, 2024 - 03:12
 0
भारतको मेडिकल कलेजमा भीषण आगलागी, १० बालबालिकाको मृत्यु

भारत, १ मंसिर । भारतको उत्तर प्रदेशको झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेजमा गए राति भीषण आगलागी हुँदा १० बालबालिकाको मृत्यु भएको छ ।

झाँसी जिल्ला मजिस्ट्रेटले १० बालबालिकाको मृत्यु भएको पुष्टि गरेको छ । समाचारअनुसार मेडिकल कलेजको नियोनेटल इन्टेन्सिभ केयर युनिट (एनआइसियु) मा आगलागी भएको हो। केहीको जलेर र केहीको निसास्सिएर मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । घटनामा थप ३७ जना नवजात शिशु घाइते भएका छन् । १८ शय्या रहेको एनआइसियुमा ४९ जना नवजात शिशुलाई राखिएको बताइएको छ । विद्युत् सर्ट भएर आगलागी भएको बताइएको छ ।

The post भारतको मेडिकल कलेजमा भीषण आगलागी, १० बालबालिकाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register