होसियार, ‘स्वाइन फिभर’ले धमाधम मर्दैछन् बङ्गुर 

काठमाडौं । तपाईँ बङ्गुरको सेकुवा भन्नासाथ धेरैको रुची हुनसक्छ । तर बंगुरको मासु खाँदैहुनुहुन्छ भने होसियार । किनकि काठमाडौंमै ‘स्वाइन फिभर’ले मर्दैछन् बङ्गुर  । ललितपुर महानगरपालिकामा किसानले पालेका बङ्गुरमा ‘स्वाइन फिभर’ देखिएको छ । २२ नम्बर वडास्थित चुनिखेल, नख्खु करिडोर क्षेत्रका किसानले पालेको बङ्गुर÷सुँगुरमा अफ्रिकन स्वाइन फिभर देखा परेको हो । ‘धेरैवटा पशु मरेपछि परीक्षणका […]

Nov 16, 2024 - 04:59
 0
होसियार, ‘स्वाइन फिभर’ले धमाधम मर्दैछन् बङ्गुर 

काठमाडौं । तपाईँ बङ्गुरको सेकुवा भन्नासाथ धेरैको रुची हुनसक्छ । तर बंगुरको मासु खाँदैहुनुहुन्छ भने होसियार । किनकि काठमाडौंमै ‘स्वाइन फिभर’ले मर्दैछन् बङ्गुर  ।

ललितपुर महानगरपालिकामा किसानले पालेका बङ्गुरमा ‘स्वाइन फिभर’ देखिएको छ ।

२२ नम्बर वडास्थित चुनिखेल, नख्खु करिडोर क्षेत्रका किसानले पालेको बङ्गुर÷सुँगुरमा अफ्रिकन स्वाइन फिभर देखा परेको हो ।

‘धेरैवटा पशु मरेपछि परीक्षणका लागि पठाएको र रिर्पोट आउँदा स्वाइन फिभर देखिएको हो ।

रिर्पाेट आएपछि ललितपुर महानगरपालिका क्षेत्रका विभिन्न स्थानमा किसानले पालेका बङ्गुर र सुँगुरमा रोग फैलन नदिन उच्च सतर्कता अपनाउन समेत महानगरले अनुरोध गरेको छ ।

महानगर पशु सेवा शाखाका अनुसार नख्खु करिडोरको एक कृषि फर्ममा ६०–७० वटा बङ्गुर मरेपछि परीक्षणका लागि नमूना केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा पठाएको थियो ।

‘२५ कात्तिकमा केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरको पीसीआर रिर्पोट अनुसार सो क्षेत्रका किसानले पालेका बङ्गुर र सुँगुरमा स्वाइन फिभर’ पुष्टि भएको हो,’ महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।

परीक्षणका क्रममा मरेका बङ्गुरमा स्वाइन फिभर पुष्टि भएको शाखा प्रमुख राजेन्द्र विष्टले जानकारी दिए ।

पशु सेवा विभागका अनुसार अफ्रिकन स्वाइन फिभर रोग सुँगुर, बङ्गुर तथा बँदेल प्रजातिमा विषाणुका कारण लाग्ने उच्च मृत्युदर भएको छिटो फैलिने सरुवा रोग हो । यो रोग पशुबाट मानिसमा सर्दैन ।

महानगरका पशु विभागका अनुसार सुँगुर, बङ्गुर फार्ममा जैविक सुरक्षाका विधि अवलम्बन गर्न सकिन्छ । बङ्गुर पालिएको खोर र फार्म परिसरमा नियमित सरसफाइ गरी चुना, ब्लिचिङ पाउडर, फर्मालिन लगायत उपाय प्रयोग गरी निःसंक्रमण गर्न पनि भनेको छ ।

विभागले रोगको शंका लागेका पशुलाई स्थानबाट छुट्ट्याएर अलग राख्ने, मरेका पशुलाई राम्रोसँग खाडलमा गाड्ने तथा जलाउनुपर्ने भनेको छ ।

तर, कतिपय व्यापारीले पैसाको लोभमा मरेको बंगुर काटेर मासु बेचेको खण्डमा खतरा हुन्छ । स्वाइन फिभर मान्छेमा रोग नसर्ने भए पनि जनावरमा सर्ने जोखिम हुन्छ । अर्काेतिर मरेको बंगुरको मासुर स्वस्थ्य हुँदैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register