मायादेवी मन्दिरबाट लुम्बिनी लायन्सको जर्सी सार्वजनिक, फरक रंङ्गको फरक कथा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टिम लुम्बिनी लायन्सले आफ्नो जर्सी सार्वजनिक गरेको छ । टिमले लुम्बिनीको मायादेवी मन्दिरबाट जर्सी सार्वजनिक गरेको हो । लुम्बिनीका मालिक ईश्वर जिसी, लुम्बिनी लायन्सका ब्राण्ड एम्बासडर राजेश हमाल र विशेष अतिथि आनी छोइङ डोल्माले संयुक्त रुपमा जर्सी सार्वजनिक गरेका छन् । उक्त कार्यक्रममा लुम्बिनीका मार्की खेलाडी रोहितकुमार पौडेललगायतका खेलाडीहरुको […]

Nov 16, 2024 - 09:23
 0
मायादेवी मन्दिरबाट लुम्बिनी लायन्सको जर्सी सार्वजनिक, फरक रंङ्गको फरक कथा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टिम लुम्बिनी लायन्सले आफ्नो जर्सी सार्वजनिक गरेको छ ।

टिमले लुम्बिनीको मायादेवी मन्दिरबाट जर्सी सार्वजनिक गरेको हो । लुम्बिनीका मालिक ईश्वर जिसी, लुम्बिनी लायन्सका ब्राण्ड एम्बासडर राजेश हमाल र विशेष अतिथि आनी छोइङ डोल्माले संयुक्त रुपमा जर्सी सार्वजनिक गरेका छन् ।

उक्त कार्यक्रममा लुम्बिनीका मार्की खेलाडी रोहितकुमार पौडेललगायतका खेलाडीहरुको उपस्थिति थियो । लुम्बिनीले आफ्नो जर्सीमा अंकित विभिन्न आकार र रंङ्गले झल्काउने विभिन्न कथाको पनि व्याख्या गरेको छ ।

जर्सीमा अंकित सिंहको मुख निस्केको गर्जनको निलो तरंङ्गले लुम्बिनीको शक्ति र भावना झल्काउँछ । सिंहको सुनौलो रंङ्गले टोलीको चमक र एकता देशाउँछ ।

निलो रंङ्गले जेपालको शान्ति र समृद्धि दर्शाउँछ । जर्सीमा भएका पहेँलो रंङ्गले लुम्बिनीको ज्योतिलाई दर्शाउँछ । यस्तै, जर्सीमा अंकित तिखो आकारको वस्तुले टोलीको एकाग्रता, रणनीति र स्पष्टतालाई देखाउँछ । जर्सीमा भएका स-साना बहुभुजले टोलीको फूर्तिलोपन, गति र क्षमतालाई दर्शाउँछ ।

यस्तै, जर्सी सार्वजनिक गरेपछि र्‍याली कार्यक्रम समेत आयोजना गरिएको छ । ८ टिमको प्रतिस्पर्धा हुने एनपीएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register