मैत्रीपूर्ण खेलमा अफगानिस्तानविरुद्ध नेपालको जित

काठमाडौं । नेपालले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा अफगानिस्तानलाई २–० गोलले पराजित गरेको छ । शनिबार साँझ ताजकिस्तानको डुसान्बेस्थित सेन्टर स्टेडियममा भएको मैत्रीपूर्ण खेलमा नेपाल २–० गोलले विजयी बनेको हो । नेपालको जितमा जिलेस्पी जंग कार्की र रोहित चन्दले १–१ गोल गरे । अफगानी राष्ट्रिय टिमसँग नेपालले ११ वर्षपछि खेलेको हो । सन् २०१३ मा […]

Nov 16, 2024 - 16:17
 0
मैत्रीपूर्ण खेलमा अफगानिस्तानविरुद्ध नेपालको जित

काठमाडौं । नेपालले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा अफगानिस्तानलाई २–० गोलले पराजित गरेको छ ।

शनिबार साँझ ताजकिस्तानको डुसान्बेस्थित सेन्टर स्टेडियममा भएको मैत्रीपूर्ण खेलमा नेपाल २–० गोलले विजयी बनेको हो ।

नेपालको जितमा जिलेस्पी जंग कार्की र रोहित चन्दले १–१ गोल गरे ।

अफगानी राष्ट्रिय टिमसँग नेपालले ११ वर्षपछि खेलेको हो । सन् २०१३ मा काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा नेपाल र अफगानिस्तानबीच प्रतिस्पर्धा भएको थियो ।

यसअघि बुधबार घरेलु टोली ताजकिस्तानसँगको खेल नेपालले ४–० ले गुमाएको थियो ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register