कैलालीमा एमाले-कांग्रेस गठबन्धन, जिसस प्रमुखमा कांग्रेस उम्मेदवारलाई एमालेले सघाउने

धनगढी । स्थानीय तह उपनिर्वाचनमा कैलालीमा सत्ता गठबन्धन एमाले कांग्रेसले सहकार्य गरेका छन् । जिल्ला समन्वय समितिको उम्मेदवार कांग्रेसलाई एमाले सघाउने भएको हो । सत्तारुढ दल एमाले र कांग्रेसको सरकार सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन बनेको दुई दलीय संयन्त्रको कार्यदलले कैलाली जिल्ला समितिको संयोजकमा कांग्रेसको उम्मेदवारलाई सघाउने सहमति भएको काँग्रेसका जिल्ला सचिव केशवराज मिश्रले जानकारी […]

Nov 17, 2024 - 07:05
 0
कैलालीमा एमाले-कांग्रेस गठबन्धन, जिसस प्रमुखमा कांग्रेस उम्मेदवारलाई एमालेले सघाउने

धनगढी । स्थानीय तह उपनिर्वाचनमा कैलालीमा सत्ता गठबन्धन एमाले कांग्रेसले सहकार्य गरेका छन् । जिल्ला समन्वय समितिको उम्मेदवार कांग्रेसलाई एमाले सघाउने भएको हो ।

सत्तारुढ दल एमाले र कांग्रेसको सरकार सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन बनेको दुई दलीय संयन्त्रको कार्यदलले कैलाली जिल्ला समितिको संयोजकमा कांग्रेसको उम्मेदवारलाई सघाउने सहमति भएको काँग्रेसका जिल्ला सचिव केशवराज मिश्रले जानकारी दिए ।

आइतबार धनगढीमा बसेको दुई दलीय संयन्त्रको कार्यदलको बैठकले सहमति गरेका हुन् । दुई दलीय संयन्त्रमा संयोजक एमालेका तर्फबाट संयोजक नारदमुनि राना संयोजक रहने गरी सदस्य यज्ञराज ढुङ्गाना, ममता प्रसाद चौधरी रहेका छन् भने काँग्रेसबाट नारायणदत्त मिश्र संयोजक रहने गरी सदस्य खेमराज डगौरा थारु र केशवराज मिश्र छन् ।

कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको प्रमुखका लागि यसअघि नै टीका चौधरी भुललाई उम्मेदवारी दिँदैछिन् । प्रमुख पदको उम्मेदवारका लागि सिफारिस भएका भुल कैलाली गाउँपालिका वडा नं २ को दलित महिला सदस्यको वडा सदस्यमा निर्वाचित भएकी थिइन् ।

उनका अनुसार प्रमुखमा कांग्रेसका उम्मेदवारलाई सहयोग गर्न नागरिक उन्मुक्ति पार्टीसँग पनि छलफल गरिने भएको छ । नागरिक उन्मुक्ति पार्टीले मानेमा कांग्रेसका उम्मेदवार निर्विरोध प्रमुख चुनिने सम्भावना बढेको सचिव मिश्रले बताए ।

जिल्ला समन्वय समिति कैलालीका तत्कालीन समन्वय प्रमुख पदम कलेलको २०७९ पुस २३ गते निधन भएपछि प्रमुखको पद रिक्त रहेको छ ।

समितिको अध्यक्षका लागि आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुने तय भएको छ । कैलालीमा १३ वटा स्थानीय तह रहेका छन् । यो निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register