शिक्षाको गुणस्तरमा ध्यान दिनुपर्छ: सभापति देउवा

कैलाली। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वाधार निर्माणसँगै शिक्षाको गुणस्तर सुधार्न विशेष जोड दिनुपर्ने बताएका छन् । आइतबार कैलालीको गौरीगंगा नगरपालिकास्थित चौमाला बहुमुखी क्याम्पसको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै देउवाले गुणस्तरीय र प्राविधिक शिक्षाको आवश्यकतामाथि प्रकाश पारे । सभापति देउवाले भने, “शैक्षिक क्षेत्रमा धेरै पूर्वाधार निर्माण भइसकेका छन्, अब गुणस्तरीय र प्राविधिक शिक्षामा […]

Nov 17, 2024 - 11:35
 0
शिक्षाको गुणस्तरमा ध्यान दिनुपर्छ: सभापति देउवा

कैलाली। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वाधार निर्माणसँगै शिक्षाको गुणस्तर सुधार्न विशेष जोड दिनुपर्ने बताएका छन् ।

आइतबार कैलालीको गौरीगंगा नगरपालिकास्थित चौमाला बहुमुखी क्याम्पसको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै देउवाले गुणस्तरीय र प्राविधिक शिक्षाको आवश्यकतामाथि प्रकाश पारे ।

सभापति देउवाले भने, “शैक्षिक क्षेत्रमा धेरै पूर्वाधार निर्माण भइसकेका छन्, अब गुणस्तरीय र प्राविधिक शिक्षामा पनि ध्यान दिनुपर्छ । मैले सक्ने सहयोग गर्न सधैं तयार छु ।”

उहाँले शिक्षा क्षेत्रबाट सुदूरपश्चिमलाई अघि बढाउन आफू प्रतिबद्ध रहेको बताउँदै यहाँका समस्याहरू समाधान गर्न आवश्यक पहल गर्ने उल्लेख गरे ।

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष दिनेशराज जोशीले क्याम्पसको विकासका लागि थप सहयोग आवश्यक रहेको बताउँदै सभापति देउवाबाट समर्थनको अपेक्षा गरेका थिए ।

प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायर र सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री दीर्घ सोडारीले देउवालाई सुदूरपश्चिमको अभिभावकको रूपमा चित्रित गर्दै क्षेत्रीय समस्याहरू समाधान गर्न उनको पहल निर्णायक हुने विश्वास व्यक्त गरे ।

क्याम्पस उद्घाटनपछि सभापति देउवा धनगढी उपमहानगरपालिका–१६ स्थित वेहेडाबाबा धार्मिक क्षेत्रमा पुगेर पूजा तथा दर्शन पनि गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register