आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

झापा, ३ मंसिर । स्थानीय तह उपनिर्वाचनअन्तर्गत सोमबार उम्मेदवारको विरोधमा उजुरी दिन सकिने भएको छ । निर्वाचन आयोगका अनुसार विहान १० देखि अपरान्ह ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने छ भने मङ्सिर ४ गते अपरान्ह ५ बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ तथा निर्णय गरी सोही दिन ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम [...] The post आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने appeared first on Jhapa Online.

Nov 18, 2024 - 03:30
 0
आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

झापा, ३ मंसिर । स्थानीय तह उपनिर्वाचनअन्तर्गत सोमबार उम्मेदवारको विरोधमा उजुरी दिन सकिने भएको छ ।

निर्वाचन आयोगका अनुसार विहान १० देखि अपरान्ह ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने छ भने मङ्सिर ४ गते अपरान्ह ५ बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ तथा निर्णय गरी सोही दिन ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

यस्तै मङ्सिर ५ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपरान्ह ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगको भनाइ छ । यही मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।

जसका लागि आइतबार विभिन्न ४२ पदका लागि चार सय सात जनाको मनोयन पत्र दर्ता भएको छ । यस्तै जिसस प्रमुख पदका लागि पनि ३ जनाको उम्मेदवारी परेको छ ।

The post आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register