घरजग्गा किनबेच बढ्यो, राजस्व घट्यो

काठमाडौं । कात्तिकमा घरजग्गा किनबेच बढेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागकाअनुसार असोजमा ३१ हजार ४ सय १४ वटा कित्ताकाट हुँदा कात्तिकमा ३२ हजार १ सय ६० पटक कित्ताकाट भएको छ । किनबेच बढेपनि राजस्व  भने बढ्न सकेन । कित्ताकाट बढे पनि राजस्व भने असोजको तुलनामा कात्तिकमा १२.२४ प्रतिशतले घटेको छ । गत असोजमा […]

Nov 18, 2024 - 09:17
 0
घरजग्गा किनबेच बढ्यो, राजस्व घट्यो

काठमाडौं । कात्तिकमा घरजग्गा किनबेच बढेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागकाअनुसार असोजमा ३१ हजार ४ सय १४ वटा कित्ताकाट हुँदा कात्तिकमा ३२ हजार १ सय ६० पटक कित्ताकाट भएको छ ।

किनबेच बढेपनि राजस्व  भने बढ्न सकेन । कित्ताकाट बढे पनि राजस्व भने असोजको तुलनामा कात्तिकमा १२.२४ प्रतिशतले घटेको छ । गत असोजमा ३ अर्ब ८१ करोड रूपैयाँ राजस्व उठाउँदा कात्तिकमा २ अर्ब ७० करोड रूपैयाँ मात्रै उठेको विभागले जनाएको छ ।

गत भदौ लागेयता जग्गा वर्गीकरण नगर्दा मुलुकभरका ६ सय २० पालिकामा कित्ताकाट ठप्प थियो  ।

भदौ २४ बसेको मन्त्रिपरिषद् बैठकले भू-उपयोग (दोस्रो संशोधन) नियमावली, ०८१ संशोधन गरी भू-उपयोग क्षेत्र वर्गीकरण नभएको स्थानीय तहमा ०८२ असार मसान्तसम्म चार किल्ला खुलाई कृषि क्षेत्र तोक्नुपर्ने व्यवस्था गरेको थियो ।

असोजमा कारोबार र कित्ताकाट बढे पनि राजस्व भने बढ्न सकेन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register