पोखराले लज्जास्पद हारबाट सुरु गर्‍यो एनपीएल, चितवनको दोस्रो जित

काठमाडौं । नेपाल प्रियिमर लिग (एनपीएल)मा चितवन राइनोजविरुद्ध पोखरा एभेन्जर्सले लज्जास्पद हार व्यहोरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा चितवनले पोखरालाई ८७ रनले पराजित गरेको हो । चितवनले दिएको १६२ रनको लक्ष्य पछ्याएको पोखराले फितलो जवाफी ब्याटिङ गर्‍यो । खेल ३.२ ओभर पुग्दासम्म नै पोखराले ६ विकेट गुमायो । पहिलो ओभरको […]

Dec 3, 2024 - 10:12
 0
पोखराले लज्जास्पद हारबाट सुरु गर्‍यो एनपीएल, चितवनको दोस्रो जित

काठमाडौं । नेपाल प्रियिमर लिग (एनपीएल)मा चितवन राइनोजविरुद्ध पोखरा एभेन्जर्सले लज्जास्पद हार व्यहोरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा चितवनले पोखरालाई ८७ रनले पराजित गरेको हो ।

चितवनले दिएको १६२ रनको लक्ष्य पछ्याएको पोखराले फितलो जवाफी ब्याटिङ गर्‍यो ।

खेल ३.२ ओभर पुग्दासम्म नै पोखराले ६ विकेट गुमायो । पहिलो ओभरको पहिलो बलमै कप्तान कुशल आउट भएसँगै धर्मराएको पोखराको ब्याटिङ ३.२ ओभरसम्म सम्हालिन सकेन ।

कुशल आउट भएलगत्तै पहिलो ओभरको नै पाँचौं बलमा दिलिप नाथ ४ रनमा र अन्तिम बलमा बास डी लिडे पनि गोल्डन डकआउट भए । सो ओभरको सबै विकेट चितवनका सोहेल तानबिरले लिएका हुन् ।

चौथो ओभरमा पनि पोखराले थप ३ विकेट गुमायो । ३.१ ओभरमा दिनेश खरेल १ रनमा एलबीडब्लु आउट भए । ३.४ ओभरमा किरण थगुन्ना पनि एलबीडब्लु आउट भए । ३.६ ओभरमा माइकल लिस्क पनि शून्यमा नै आउट भए । तीनै विकेट रिजन ढकालले लिए ।

चौथो ओभर सकिँदा  पोखराले ६ विकेट गुमाएर मात्र ७ रन बनाउन सक्यो ।

यसपश्चात पोखरा केही सम्हालिन खोजे पनि ६.२ ओभरमा लुक बेन्केन्स्टिनले चितवनका लागि सातौं विकेट लिइँदै रेमन रेफरलाई १ रनमा आउट गरे ।

त्यसपछि क्रिजमा आएका मार्कस क्रिचले १७ र नारायण जोशी ३० रन जोडेर आउट भए ।

टोलीमा १३.२ ओभरमा ७४ रन बनाउँदै अलआउट भयो ।

यसअघि चितवनले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १६१ रन बनाएको थियो ।

चितवनका लागि रवि बोपराले अर्धशतक प्रहार गरेका थिए । उनले ३८ बलमा ३ चौका र ३ छक्क प्रहार गरे । कप्तान कुशल मल्लले ३८, लुक बेन्केनस्टाइनले १६ र हसन इसाखिलले १४ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

पोखराका लागि बिपिन खत्री र बास डी लिडेले २–२ तथा सागर ढकाल र रेमन रेफरले १–१ विकेट लिए ।

यो चितवनको लगातार दोस्रो जित हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register