भारतीय प्रधानमन्त्री मोदी गुयना भ्रमणमा, संसद्को विशेष बैठकलाई सम्बोधन गर्ने

जर्जटाउन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणका लागि बुधबार गुयना पुगेका छन् । उनी ५६ वर्षमा गुयनाको भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री हुन् । प्रधानमन्त्री मोदीलाई विमानस्थलमा गुयानाका राष्ट्रपति मोहम्मद इरफान अली तथा मन्त्रीहरूले स्वागत गरेको स्रोतले जनाएको छ । मोदीको सम्मानमा गुयनाको जर्जटाउनमा औपचारिक स्वागत र गार्ड अफ अनर प्रदान गरिएको थियाे । भ्रमणका […]

Nov 20, 2024 - 07:59
 0
भारतीय प्रधानमन्त्री मोदी गुयना भ्रमणमा, संसद्को विशेष बैठकलाई सम्बोधन गर्ने

जर्जटाउन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणका लागि बुधबार गुयना पुगेका छन् । उनी ५६ वर्षमा गुयनाको भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री हुन् । प्रधानमन्त्री मोदीलाई विमानस्थलमा गुयानाका राष्ट्रपति मोहम्मद इरफान अली तथा मन्त्रीहरूले स्वागत गरेको स्रोतले जनाएको छ ।

मोदीको सम्मानमा गुयनाको जर्जटाउनमा औपचारिक स्वागत र गार्ड अफ अनर प्रदान गरिएको थियाे ।

भ्रमणका क्रममा मोदीले गुयनाको संसद्को विशेष बैठकलाई सम्बोधन गर्ने तथा भारत–क्यारिकम शिखर सम्मेलनमा क्यारेबियन साझेदार देशका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

भ्रमण अघिको पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयले गुयानाका राष्ट्रपति अलीको निमन्त्रणामा प्रधानमन्त्री मोदीको भ्रमण भएको उल्लेख गरेको थियो ।

विदेश मन्त्रालयका पूर्वसचिव जयदीप मजूमदारले भारत र गुयनाबीच उच्चस्तरीय सम्पर्क बढेको जनाउँदै गुयनासँग लामो समयदेखि विकासलगायतका अन्य आवाश्यक साझेदारी गरेको उल्लेख गरे ।

गुयना भ्रमणका बारेमा विस्तृत जानकारी दिँदै मजूमदारले प्रधानमन्त्री मोदी राष्ट्रपति इरफान अलीसँग प्रतिनिधिमण्डल स्तरको वार्तामा संलग्न हुने बताएका छन् ।

विदेश मन्त्रालयका अधिकारीले गुयना विश्वको सबैभन्दा तीव्र गतिमा अघि बढिरहेको अर्थतन्त्र भएको उल्लेख गर्दै भविष्यमा भारतले यस देशसँग विभिन्न थप क्षेत्रमा साझेदारी गर्ने अवसर पाउने बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register