स्थानीय तहको उपनिर्वाचनमा माओवादीले खोल्यो खाता, रुकुम पूर्वबाट निर्विरोध

काठमाडाैं ।  स्थानीय तहको उपनिर्वाचन नहुँदै नेकपा (माओवादी केन्द्र)ले खाता खोलेको छ । माओवादी केन्द्रले रुकुम पूर्वमा वडाअध्यक्ष निर्विरोध जितेको हो । पुथाउत्तरगङ्गा गाउँपालिका–२ को अध्यक्षमा नेपाली कांग्रेस र नेकपा (एमाले)का उम्मेदवारले मनाेनयन फिर्ता लिएपछि माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् । उनी निर्विरोध भएको माओवादी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर घर्तीले […]

Nov 20, 2024 - 07:59
 0
स्थानीय तहको उपनिर्वाचनमा माओवादीले खोल्यो खाता, रुकुम पूर्वबाट निर्विरोध

काठमाडाैं ।  स्थानीय तहको उपनिर्वाचन नहुँदै नेकपा (माओवादी केन्द्र)ले खाता खोलेको छ । माओवादी केन्द्रले रुकुम पूर्वमा वडाअध्यक्ष निर्विरोध जितेको हो ।

पुथाउत्तरगङ्गा गाउँपालिका–२ को अध्यक्षमा नेपाली कांग्रेस र नेकपा (एमाले)का उम्मेदवारले मनाेनयन फिर्ता लिएपछि माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।

उनी निर्विरोध भएको माओवादी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर घर्तीले जानकारी दिएका हुन् । यद्यपी निर्वाचन आयोगले घोषणा गर्न बाँकी छ ।

विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक/एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा यही मंसिर १६ गते निर्वाचन हुँदैछ ।

स्थानीय तह उपनिर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register