इजरायल-हमास युद्धपछि नेतन्याहु पुगे पहिलो पटक गाजा

गाजा । इजरायल–हमास युद्ध छेडिएयता इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहु पहिलोपटक गाँजा पुगेका छन् । मङ्गलबार अचानक गाँजा पुगेका हुन् । उनले त्यहाँ इजरायली सैन्य अड्डाहरूको भ्रमण गरेका थिए । उनको साथमा रक्षामन्त्री इजरायल काट्ज पनि थिए । इजरायल सरकारले यो भ्रमणको भिडियो सार्वजनिक गरेको छ । नेतन्याहुले हमाससँग युद्धविरामका लागि कुनै पनि प्रयासलाई कडाइका साथ […]

Nov 20, 2024 - 10:53
 0
इजरायल-हमास युद्धपछि नेतन्याहु पुगे पहिलो पटक गाजा

गाजा । इजरायल–हमास युद्ध छेडिएयता इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहु पहिलोपटक गाँजा पुगेका छन् । मङ्गलबार अचानक गाँजा पुगेका हुन् ।

उनले त्यहाँ इजरायली सैन्य अड्डाहरूको भ्रमण गरेका थिए । उनको साथमा रक्षामन्त्री इजरायल काट्ज पनि थिए ।

इजरायल सरकारले यो भ्रमणको भिडियो सार्वजनिक गरेको छ ।

नेतन्याहुले हमाससँग युद्धविरामका लागि कुनै पनि प्रयासलाई कडाइका साथ अस्वीकार गरेका छन् । युद्ध सकिएपछि हमासले प्यालेस्टाइनमा फेरि शासन नगर्ने पनि उनले बताएका छन् । बन्धकहरूलाई सुम्पने जो कोहीलाई ५० लाख डलर दिने प्रस्ताव पनि उनले गरेका छन् ।

युद्धमा सेनाले लगाउने ज्याकेट र हेलमेट लगाएर नेतान्याहुले भने । नेतन्याहु गाँजा भ्रमणमा हुँदा, ब्राजिलमा चलिरहेको जीट्वेन्टी शिखर सम्मेलनमा गाजालाई थप सहायता प्रदान गर्न र युद्ध रोक्न अपील गरिएको थियो । यहि महिनाको सुरुमा नेतन्याहुले योभ गालान्टलाई रक्षामन्त्रीबाट बर्खास्त गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register