कीर्तिमानी मेसीको अर्को कीर्तिमान

काठमाडाैं । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलमा अर्को कीर्तिमान बनाएका छन् । विश्वकप छनोटअन्तर्गत बुधबार बिहान पेरूविरुद्धको खेलमा उनले अर्को कीर्तिमान बनाएका हुन् । सो खेलमा एक एसिस्ट (गोलका लागि अन्तिम पास) गरेसँगै मेसी अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा बढी एसिस्ट गर्ने खेलाडी बनेका छन् । उनले एसिस्ट संख्या ५८ पुर्याएका हुन् । यो अमेरिकाका ल्यान्डन […]

Nov 21, 2024 - 03:53
 0
कीर्तिमानी मेसीको अर्को कीर्तिमान

काठमाडाैं । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलमा अर्को कीर्तिमान बनाएका छन् ।

विश्वकप छनोटअन्तर्गत बुधबार बिहान पेरूविरुद्धको खेलमा उनले अर्को कीर्तिमान बनाएका हुन् ।

सो खेलमा एक एसिस्ट (गोलका लागि अन्तिम पास) गरेसँगै मेसी अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा बढी एसिस्ट गर्ने खेलाडी बनेका छन् । उनले एसिस्ट संख्या ५८ पुर्याएका हुन् । यो अमेरिकाका ल्यान्डन डोरोभानसँगको कीर्तिमान बराबरी हो ।

बुधबार बिहान लाउटारो मार्टिनेजले गोल गर्दा मेसीले उत्कृष्ट पास मिलाइदिएका थिए ।

अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक एसिस्ट गर्ने दोस्रो नम्बरमा ब्राजिलका नेयमार छन् । उनले ५७ एसिस्ट गरेका छन् ।

मेसीले फुटबलमा विभिन्न कीर्तिमान बनाएर गिनिज बूकमा नाम लेखाएका छन् ।

मेसी आठवटा बालोन डि‘ओर जित्ने विश्वकै एकमात्र फुटबलर हुन् । साथै उनी विश्वकपका सर्वाधिक एसिस्टकर्ता पनि हुन् । उनले विश्वकपमा १३ गोल गर्दै आठ एसिस्ट प्रदान गरेका छन् ।

मेसीले फुटबल करिअरमा एक विश्वकप, दुई कोपा अमेरिका र चार च्याम्पियन्स लिग गरी ४५ ट्रफी जितेका छन् । यो अर्को कीर्तिमान हो । यस्तै उनले दुईवटा विश्वकपमा गोल्डेन बल जितेर पनि कीर्तिमान रचेका छन् ।

मेसीले अर्जेन्टिनाका लागि १९१ खेलमा ११२ गोल गरेका छन् । अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान पनि उनकै नाममा छ । उनी दक्षिण अमेरिकी क्षेत्रका पनि सर्वाधिक गोलकर्ता हुन् ।

सर्वाधिक एसिस्ट गर्नेको सूची :

सम्बन्धित समाचारहरू :

के अर्जेन्टिना विश्वकपमा छनोट भएकै हो ?

पेरूमाथि विश्वविजेता अर्जेन्टिनाको कठिन जित

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register