‘अन्डरवर्ल्डको एजेन्ट हुँ’ भन्दै फोनबाट धम्की दिएर रकम माग गर्ने डाक्टर पक्राउ

काठमाडौं । प्रहरीले ह्वाट्सएपमार्फत आफू आपराधिक गिरोहको अन्डरकभर एजेन्ट भएको भन्दै फोन गरी रकम माग गर्ने गरेको अभियोगमा एक डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भोजपुर नगरपालिका–११ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका सानो गाउँ बस्ने ३२ वर्षीय डा आशिष दाहाल रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी […]

Nov 21, 2024 - 07:17
 0
‘अन्डरवर्ल्डको एजेन्ट हुँ’ भन्दै फोनबाट धम्की दिएर रकम माग गर्ने डाक्टर पक्राउ

काठमाडौं । प्रहरीले ह्वाट्सएपमार्फत आफू आपराधिक गिरोहको अन्डरकभर एजेन्ट भएको भन्दै फोन गरी रकम माग गर्ने गरेको अभियोगमा एक डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा भोजपुर नगरपालिका–११ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका सानो गाउँ बस्ने ३२ वर्षीय डा आशिष दाहाल रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

‘पक्राउ परेका दाहालले काठमाडौं उपत्यकाभित्र विभिन्न व्यक्तिलाई ह्वाट्सएपमार्फत आफू अन्डरवर्ल्ड नेटवर्कको अन्डरकभर एजेन्ट हुँ भन्ने गरेको पाइएको छ,’ उनले भने, ‘भारतको विहारलगायत अन्य ठाँउबाट ‘कन्ट्याक्ट किलर’ भाडामा लगाइ ज्यानसमेत मार्छु भनेर म्यासेज गरी उनले ५० हजारदेखि दुई लाख रुपैयाँसम्म रकम माग गर्ने गरेको सूचनाका आधारमा काठमास्थित शङ्खमुलबाट पक्राउ गरिएको हो ।’

पक्राउ परेका दाहाललाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको सूचना अधिकारी आचार्यले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register