एनपीएलमा बेटिङ प्रचार भएको पारसको स्वीकारोक्ति, ‘बाध्यताले सरोगेट ब्रान्डको विज्ञापन गर्‍यो’

काठमाडौं । अनलाइन बेटिङ साइट(सट्टेबाजी) को प्रचार गरेको आरोपमा नेपाल क्रिकेट सङ्घ (क्यान)का सचिव पारस खड्काले बाध्यता भएको भन्दै स्वीकारेका छन् । नेपाल प्रिमियर लिग (एनपीएल)मा सरोगेट ब्रान्ड प्रयोग गर्नुपर्ने बाध्यता भएको उनले बताए । यदि सरकारले पर्याप्त आर्थिक सहयोग प्रदान गरेको भए आफूहरूले सरोगेट ब्रान्डको आवश्यकता महसुस नगर्ने उनको भनाइ थियो । एनपीएलमा क्यानले […]

Dec 24, 2024 - 12:08
 0
एनपीएलमा बेटिङ प्रचार भएको पारसको स्वीकारोक्ति, ‘बाध्यताले सरोगेट ब्रान्डको विज्ञापन गर्‍यो’

काठमाडौंअनलाइन बेटिङ साइट(सट्टेबाजी) को प्रचार गरेको आरोपमा नेपाल क्रिकेट सङ्घ (क्यान)का सचिव पारस खड्काले बाध्यता भएको भन्दै स्वीकारेका छन् । नेपाल प्रिमियर लिग (एनपीएल)मा सरोगेट ब्रान्ड प्रयोग गर्नुपर्ने बाध्यता भएको उनले बताए ।

यदि सरकारले पर्याप्त आर्थिक सहयोग प्रदान गरेको भए आफूहरूले सरोगेट ब्रान्डको आवश्यकता महसुस नगर्ने उनको भनाइ थियो ।

एनपीएलमा क्यानले ‘वुल्फ ७७७न्युज’ नामक सरोगेट साइटको प्रचार गरेको थियो । खासमा अनलाइन जुवा खेल वुल्फ ट्रिपलसेभेनको विज्ञापन गरेको थियो ।

यस्तै, क्यानले ‘ड्रिम ११’ को विज्ञापन देखाएको थियो । एनपीएल आयोजकले बेटिङ साइटको प्रचार गरिरहँदा फ्रेन्चाइजी टिमले पनि उसैगरी खुलेआम बेटिङ साइटको प्रचार गरेका थिए ।

विराटनगर किंग्सले ‘बिजे८८’ बेटिङ साइटको सरोगेट कम्पनी ‘बिजेस्पोर्ट्स’लाई आफ्नो जर्सीमा राखेको थियो ।

सुदूरपश्चिम रोयल्सले ‘बाबु८८’ बेटिङ साइटको सरोगेट कम्पनी ‘बाबु८८स्पोर्ट्स’लाई आफ्नो जर्सीमा राखेर लाखौँ दर्शकलाई अनलाइन जुवा खेल्न प्रेरित गरेको थियो ।

कान्तिपुर टेलिभिजनको कार्यक्रम फायर साइडमा अन्तरवार्ता दिँदै पूर्वक्रिकेटर समेत रहेका खड्काले आफूहरूले सट्टेबाजी प्लेटफर्मको प्रचार नगर्ने, तर लगानीका लागि ती प्लेटफर्मका सरोगेट ब्रान्ड प्रयोग गरेको दाबी गरे ।

बेटिङलाई कहिले पनि प्रोमोट नगरेको बताएका उनले सरोगेटबाट लगानी आइरहेकाले प्रयोग गरेको बताए ।

सरोगेट ब्रान्डले खेलकुद प्रतियोगितामा बेटिङ प्रचार नभई आफ्नो ब्रान्ड मात्रै प्रवर्द्धन गर्ने खड्काको दाबी छ ।

उनका अनुसार विगत पाँच/सात वर्षदेखि नेपालमा सरोगेट ब्रान्डहरू प्रयोग भइरहेका छन् ।

खड्काले भने, ”आईसीसी र एसीसीले पनि सरोगेट ब्रान्ड प्रयोग गर्न पाउँछन् । देशको ऐन कानून अनुसारको हामीले संरचना हेर्यौं भने आज पनि सरोगेट ब्रान्ड प्रयोग गर्न पाउने/नपाउने भन्ने डिफाइन भइसकेको छैन । त्यसको कानूनी बुँदा चाहिँ छैन । यो सही हो वा होइन भनेर ।”

नेपालको सबैभन्दा ठूलो घरेलु लिग एनपीएल सफलतापूर्वक सम्पन्न भएपनि विवादरहित हुन सकेन । खासगरी यस लिगमा प्रयोजकका रूपमा आएको उल्फ ७७७ र ‘ड्रिम ११’ को अनलाइन सट्टेबाजीसँग जोडिएकाले विवादित बनेको थियो ।

जर्सीमा बेटिङ प्लेटफर्मको प्रचार भएपछि सुदूरपश्चिम रोयल्सबाट खेलिरहेका  इङ्लिस ब्याट्सम्यान सैफ अलि जैबले टेप टाँसेर खेलेका थिए ।

क्यान र फ्रेन्चाइज टिम नै अनलाइन जुवाको प्रचारमा, मैदानमै करोडौंको कारोबार

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register