गरिमा क्यापिटलले ‘गरिमा समृद्धि योजना’ निष्काशन गर्ने

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष गरिमा म्युचुअल फण्ड अन्तर्गत पहिलो बन्दमुखी योजनाको रुपमा ‘गरिमा समृद्धि योजना’ सार्वजनिक हुने भएको छ । उक्त योजना निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले २०८१ मङ्सिर ०५ गते स्वीकृति प्रदान गरेको थियो ।  बोर्डको स्वीकृति अनुसार अब छिट्टै […]

Nov 21, 2024 - 08:05
 0
गरिमा क्यापिटलले ‘गरिमा समृद्धि योजना’ निष्काशन गर्ने

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष गरिमा म्युचुअल फण्ड अन्तर्गत पहिलो बन्दमुखी योजनाको रुपमा ‘गरिमा समृद्धि योजना’ सार्वजनिक हुने भएको छ । उक्त योजना निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले २०८१ मङ्सिर ०५ गते स्वीकृति प्रदान गरेको थियो । 

बोर्डको स्वीकृति अनुसार अब छिट्टै नै सार्वजनिक रुपमा निष्कासन हुन लागेको गरिमा समृद्धि योजनाको आकार एक अर्ब रहेको छ । कम्पनीले प्रति इकाई १० रुपैयाँ अङ्कित मूल्यमा १० करोड इकाई निष्कासन गर्न लागेको हो । 

कुल निष्कासन मध्ये न्यूनतम बिक्री हुनुपर्ने इकाई सङ्ख्या पाँच करोड र कुल निष्कासन मध्ये अधिकतम सकारिने इकाई सङ्ख्या १२ करोड ५० लाख रहेको छ । त्यस्तै, योजनाको अवधि १० वर्ष रहेको क्यापिटलले जनाएको छ ।  

गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । गरिमा क्यापिटल लिमिटेडले सामूहिक लगानी कोषको योजना व्यवस्थापनका साथै प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य सेवा, डिम्याट तथा मेरो सेयर खाता सम्बन्धी सेवा प्रवाह गर्दै आएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register