सेयर बजारमा ३१ अंकको गिरावट 

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ३१ दशमलव ३१ अंकले घटेर २६८० दशमलव ४४ को विन्दुमा पुगेको छ । बिहीबार ३१४ कम्पनीका ८४ हजार ८ सय ५८ पटकको कारोबारमा १ करोड ८४ लाख ७४ हजार २४ कित्ता सेयर खरिद बिक्री भएको छ । […]

Nov 21, 2024 - 09:35
 0
सेयर बजारमा ३१ अंकको गिरावट 

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ३१ दशमलव ३१ अंकले घटेर २६८० दशमलव ४४ को विन्दुमा पुगेको छ ।

बिहीबार ३१४ कम्पनीका ८४ हजार ८ सय ५८ पटकको कारोबारमा १ करोड ८४ लाख ७४ हजार २४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब २५ करोड ७६ लाख ४३ हजार रुपैयाँ रहेको छ ।

१३ उपसमूहमध्ये सबै राताम्मे हुँदा सामुदायिक लघुवित्त र थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । ४३ कम्पनीको सेयर मूल्य बढ्दा १९७ कम्पनी घटेको छ भने चार कम्पनीको मूल्य स्थिर रहेको छ । आज नेपाल फाइनान्समा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register