नयाँ बोर्ड अध्यक्ष नियुक्त भएकै दिन सेयर बजारमा उछाल, ३३.४१ अंकले बढ्यो बजार !

काठमाडौँ । धितोपत्र बोर्डमा नयाँ बोर्ड अध्यक्ष नियुक्त भएकै दिन सेयर बजारमा उछाल देखिएको छ । आज नेप्से परिसूचक ३३.४१ अंकले बढेर २७१६.६६ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय १२ कम्पनीको एक करोड ४२ लाख ९२ हजार ७ सय ४२ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ४४ करोडमाथिको सेयर कारोबार भएको छ […]

Nov 26, 2024 - 09:53
 0
नयाँ बोर्ड अध्यक्ष नियुक्त भएकै दिन सेयर बजारमा उछाल, ३३.४१ अंकले बढ्यो बजार !

काठमाडौँ । धितोपत्र बोर्डमा नयाँ बोर्ड अध्यक्ष नियुक्त भएकै दिन सेयर बजारमा उछाल देखिएको छ । आज नेप्से परिसूचक ३३.४१ अंकले बढेर २७१६.६६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १२ कम्पनीको एक करोड ४२ लाख ९२ हजार ७ सय ४२ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ४४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार नेपाल फाइनान्स लिमिटेडको भएको छ । यस कम्पनीको ४५ करोड ७८ लाख ३१ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।

त्यस्तै, मंगलबारको बजारमा सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज सपोर्ट माइक्रोसहित तीन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, थ्री स्टार हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register