राजन भट्टराई, अग्नि सापकोटासहित १४ नेता गए कम्बोडिया

टोलीमा एमालेका डा. राजन भट्टराई र विदेश विभाग प्रमुख रघुवीर महासेठ, कांग्रेसकी नेतृ सुजाता कोइराला, माओवादीका अग्नि सापकोटा र गोकर्ण भट्ट, राप्रपाका उद्धव पौडेल र केदारबहादुर अधिकारी, तथा जनमत पार्टीका सीके राउतलगायत नेता छन् ।

Nov 21, 2024 - 11:35
 0
राजन भट्टराई, अग्नि सापकोटासहित १४ नेता गए कम्बोडिया

काठमाडौं । आईक्यापको १२औँ अधिवेशनमा भाग लिन नेपालका विभिन्न दलका १४ नेताको टोली कम्बोडिया पुगेको छ। भ्रमण टोलीमा एमाले, कांग्रेस, माओवादी, राप्रपा, र जनमत पार्टीका नेताहरू सहभागी छन् ।

टोलीमा एमालेका डा. राजन भट्टराई र विदेश विभाग प्रमुख रघुवीर महासेठ, कांग्रेसकी नेतृ सुजाता कोइराला, माओवादीका अग्नि सापकोटा र गोकर्ण भट्ट, राप्रपाका उद्धव पौडेल र केदारबहादुर अधिकारी, तथा जनमत पार्टीका सीके राउतलगायत नेता छन् ।

यस भ्रमणलाई ‘भाइरल म्यान’ दुर्गा प्रसाईंको दाबी र कम्बोडियामा प्रधानमन्त्री ओलीको लगानीसँग जोडेर सामाजिक सञ्जालमा विभिन्न चर्चा चलेका छन् ।

तर, डा. भट्टराईले भ्रमण टोलीको विवरण सार्वजनिक गर्दै दुर्गा प्रसाईं प्रकरणसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन् ।

कम्बोडियामा प्रधानमन्त्री  ओलीको अर्बौं लगानी रहेको दाबीसहित फेक डकुमेन्टसहित दुष्प्रचार गरेपछि दुर्गा प्रसाईंले पक्राउ परिसकेका छन् ।

यो भ्रमण नियमित अन्तरदेशीय राजनीतिक संवादको हिस्सा भएको र आईक्यापको बैठकमा सहभागी हुन गएका नेताहरूले नेपाली राजनीति र कूटनीतिक सम्बन्धका विषयमा छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register