ओलीको चेतावनी: सहकारी ठग्नेहरू नै अहिले ठूलो स्वरमा गाली गर्दैछन्

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताले देशको अर्थतन्त्रलाई धरापमा पार्ने प्रयास भइरहेको आरोप लगाएका छन् । ‘जागरण सभा’मा सम्बोधन गर्दै उनले बैंकको ऋण तिर्न नपर्ने र व्यवसायीलाई खेद भन्नु अराजकता भएको टिप्पणी गरे । ओलीले भने, “नीति बनाउन नसक्ने तर गालीगलौज गर्ने। सहकारी ठग्नेहरू नै अहिले गाली गर्दैछन् । राति […]

Nov 22, 2024 - 09:23
 0
ओलीको चेतावनी: सहकारी ठग्नेहरू नै अहिले ठूलो स्वरमा गाली गर्दैछन्

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताले देशको अर्थतन्त्रलाई धरापमा पार्ने प्रयास भइरहेको आरोप लगाएका छन् ।

‘जागरण सभा’मा सम्बोधन गर्दै उनले बैंकको ऋण तिर्न नपर्ने र व्यवसायीलाई खेद भन्नु अराजकता भएको टिप्पणी गरे ।

ओलीले भने, “नीति बनाउन नसक्ने तर गालीगलौज गर्ने। सहकारी ठग्नेहरू नै अहिले गाली गर्दैछन् । राति मान्छेलाई पछाडिबाट हानेर मार्ने, ट्रकमा राखेर जिउँदै जलाउनेजस्ता अराजक गतिविधि भइरहेका छन् ।”

प्रधानमन्त्रीले यस्ता गतिविधिविरुद्ध जनचेतना फैलाउन जागरण सभा गरिएको र देशमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register