बिज एजुकेसनद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई ल्यापटप सहयोग

लन्डन । बेलायतको भरपर्दो शैक्षिक परामर्शदाता कम्पनी बिज एजुकेसनले राष्ट्रिय आविष्कार केन्द्रलाई ल्यापटप सहयोग गरेको छ । बिज एजुकेशनका निर्देशक हरि कार्कीले आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई करिब १ लाख ६० हजार रुपैंया मूल्य पर्ने म्याक बुक एअर ल्यापटप हस्तान्तरण गरेका हुन् । पुनले सहयोगप्रति आभार व्यक्त गर्दै उक्त ल्यापटप राष्ट्रिय आविष्कार केन्द्रले संचालन गरेको […]

Nov 22, 2024 - 12:10
 0
बिज एजुकेसनद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई ल्यापटप सहयोग


लन्डन । बेलायतको भरपर्दो शैक्षिक परामर्शदाता कम्पनी बिज एजुकेसनले राष्ट्रिय आविष्कार केन्द्रलाई ल्यापटप सहयोग गरेको छ ।

बिज एजुकेशनका निर्देशक हरि कार्कीले आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई करिब १ लाख ६० हजार रुपैंया मूल्य पर्ने म्याक बुक एअर ल्यापटप हस्तान्तरण गरेका हुन् ।

पुनले सहयोगप्रति आभार व्यक्त गर्दै उक्त ल्यापटप राष्ट्रिय आविष्कार केन्द्रले संचालन गरेको आइसिटी ल्याव पोखराका लागि धेरै उपयोगी हुने बताएका छन् ।  

कार्कीले सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्नो कम्पनीले विभिन्न कालखन्डमा सहयोग गर्दै आएको बताए । 

बिज एजुकेशनका निर्देशक हरि कार्कीले करिब दुई वर्ष अघि पनि आविष्कार केन्द्रलाई २ हजार ३ सय ९९ पाउण्ड प्रदान गरेका थिए । सोही बेला बिज एजुकेशनको आयोजनामा भएको एक अन्तर संवादमा केन्द्रलाई १३ हजार पाउण्ड (करिब २० लाख ५४ हजार रुपैयाँ) सहयोग प्राप्त भएको थियो । 

बेलायतस्थित युनिभर्सिटी अफ सेन्ट्रल ल्यांकासायर (यूक्लान) मा पुनसँग आयोजित अन्तरक्रियामा यूक्लानका दक्षिण एसिया निर्देशक गोविन्दसिंह विष्ट एक्लैले १० हजार पाउण्ड प्रदान गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register