उत्कृष्ट करदाताको ट्याग झुन्ड्याउँदै नबिल बैंक

काठमाडौं । नेपालमा निजी क्षेत्रले चलाएको एउटा उत्कृष्ट बैंक हो, नबिल बैंक । विदेशी लगानीमा स्थापित भएर हाल नेपाली व्यावसायिक घराना चौधरी ग्रुपको स्वामित्वमा चलिरहेको बैंक एउटा ब्रान्ड बनिसकेको छ । नबिलले सेवा क्षेत्रमा आफ्नो ४० वर्ष बिताएर हाल ४१औं वर्षमा यात्रा गरिरहेको छ । अर्को कुरा बैंकले बैंकिङ सेवा मात्र दिइरहेको छैन । नेपाली […]

Nov 22, 2024 - 12:11
 0
उत्कृष्ट करदाताको ट्याग झुन्ड्याउँदै नबिल बैंक

काठमाडौं । नेपालमा निजी क्षेत्रले चलाएको एउटा उत्कृष्ट बैंक हो, नबिल बैंक । विदेशी लगानीमा स्थापित भएर हाल नेपाली व्यावसायिक घराना चौधरी ग्रुपको स्वामित्वमा चलिरहेको बैंक एउटा ब्रान्ड बनिसकेको छ ।

नबिलले सेवा क्षेत्रमा आफ्नो ४० वर्ष बिताएर हाल ४१औं वर्षमा यात्रा गरिरहेको छ । अर्को कुरा बैंकले बैंकिङ सेवा मात्र दिइरहेको छैन । नेपाली अर्थतन्त्रमा पनि ठूलो योगदान पनि दिइरहेको छ ।

नबिल नेपालका प्रमुख वाणिज्य बैंकमध्ये आठौं पटक सबैभन्दा धेरै कर तिर्ने बैंक बनेको छ । जसको कदरस्वरूप आन्तरिक राजस्व कार्यालयबाट बैंक सम्मानित पनि भएको छ ।

४० वर्षमा २५ अर्ब ३५ करोड आयकर

नबिल बैंकले आफ्नो ४० वर्षे अवधिमा २५ अर्ब ३५ करोड ९१ लाख ८१ हजार रुपैयाँ बराबरको आयकर बुझाएको छ । जुन नेपालका प्रमुख वाणिज्य बैङ्कमध्ये सबैभन्दा बढी हो । पछिल्लो १३ वर्षमा राष्ट्रिय कर दिवसमा बैंक तथा वित्तीय संस्था र बीमा क्षेत्रतर्फको सम्मान नबिलले ८औं पटक पाएको छ ।

आयकर ऐनको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले ३० प्रतिशत आयकर तिर्नुपर्ने हुन्छ । नबिल २०६७/६८ मा बैंकतर्फ सबैभन्दा धेरै कर तिर्ने करदाताका रूपमा पहिलो पटक सम्मानित भएको थियो ।

त्यसपछि २०७०/७१, २०७१/७२, २०७३/७४, २०७५/७६, २०७६/७७, २०७७/७८ र २०७९/८० मा उत्कृष्ट करदाता बनेको थियो । सरकारले २०६७/६८ मा तिरेको करका आधारमा २०६९ बाट क्षेत्रगत रूपमा धेरै कर तिर्ने करदातालाई सम्मान गर्दै आएको छ । त्यसयता १३ वर्षमा ८ पटक नबिल आफ्नो क्षेत्रमा उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ ।

नबिलले कुन वर्ष कति तिर्याे कर ?

नबिल बैंकले आर्थिक वर्ष २०६७/६८ मा ५६ करोड ८५ लाख रुपैयाँ आयकर योगदान गरेको थियो । आव २०६८/७९ मा ७२ करोड ८३ लाख, ७९/७० मा ९४ करोड ६८ लाख, ७०/७१ मा ९८ करोड ७ लाख, २०७१/७२ मा बैंकले ८९ करोड ६९ लाख रुपैयाँ आयकर बुझाएको थियो ।

त्यस्तै, आव २०७२/७३ मा १ अर्ब २० करोड रुपैयाँ आयकर तिरेको बैंकले आव २०७३/७४ मा १ अर्ब ५४ करोड, आव २०७४/७५ मा १ अर्ब ६८ करोड, आव २०७५/७६ मा १ अर्ब ८१ करोड, आव २०७६/७७ मा १ अर्ब ५५ करोड, आव २०७७/७८ मा २ अर्ब २५ करोड र आव २०७८/७९ मा १ अर्ब ९४ करोड रुपैयाँ बराबर आयकर तिरेको थियो ।

आर्थिक वर्ष २०७९/८० मा २ अर्ब ८० करोड ३० लाख ८३ हजार आयकर तिर्दा नबिल सबैभन्दा धेरै आयकर तिर्ने बैंक बनेको थियो । त्यस्तै २०८०/८१ मा पनि २ अर्ब ७४ करोड ३५ लाख ९७ हजार आयकर तिरेको छ । जसको सम्मान बैंकले आगामी वर्ष हुने कर दिवसमा प्राप्त गर्नेछ ।

बैंकको वित्तीय स्थिति 

चालु आर्थिक वर्षको प्रथम त्रैमासिकको वित्तीय विवरणअनुसार नबिल बैंकले गत वर्षको तुलनामा ४० प्रतिशत खुद बढाएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनामा खुद नाफा २ अर्ब ५ करोड रुपैयाँ छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा बैंकले १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । चुक्ता पुँजी २७ अर्बभन्दा बढी रहेको नबिलको तीन महिनामा खुद ब्याज आम्दानी ४ अर्ब १४ करोड रुपैयाँ छ । सो आम्दानी गत आवको सोही अवधिमा ४ अर्ब १७ करोड रुपैयाँ रहेको थियो ।

यसर्थ, यस वर्ष बैंकको खुद आयमा भने सामान्य गिरावट देखिन्छ । बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी २९ रुपैयाँ ८३ पैसा छ । असोज मसान्तसम्ममा बैंकको कुल वितरणयोग्य नाफा ४ अर्ब ९८ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ४ दशमलव २४ प्रतिशत छ । गत वर्षको असोज मसान्तसम्म बैंकको एनपीएल ३ दशमलव ६९ प्रतिशत रहेको थियो । बैंकको आधार दर ९ दशमलव ५८ प्रतिशतबाट ७ दशमलव ०२ प्रतिशतमा झरेको छ । बैंकको सीडी रेसियो भने ८१ दशमलव ७१ प्रतिशत छ ।

सेयर धनीलाई शतप्रतिशत लाभांश 

नबिल बैंकले आफ्ना सेयरधनीहरुलाई लाभांश पनि शतप्रतिशत दिइरहेको बैंकका डेपूर्टी सीइओ मनोज ज्ञवाली बताउँछन् उनका अनुसार नबिल बैंकका लगानीकर्ता मात्र नभएर कर्मचारीहरूले पनि उचित सेवा र सुविधा पाएका छन् ।

चुक्ता पुँजी २७ अर्बभन्दा बढी रहेको नबिलले युनाइटेड फाइनान्स र एनबी बैंक खरिद गरेको थियो । नबिलमा लगानी गर्नेले राम्रो प्रतिफल पाएको ज्ञवालीको दाबी छ । तथ्यांक हेर्दा लगानीकर्तालाई लामो समयसम्म प्रतिफल दिने बैंकको रूपमा पनि नबिललाई चिनिन्छ ।

नबिलले आफ्ना लगानीकर्ताहरूको लागि यो वर्षको लाभांश घोषणा गरेको छ । जसअनुसार नबिलका लगानीकर्ताले यो वर्ष प्रतिकित्ता १० रुपैयाँका दरले लाभांश पाउनेछन् । जुन आगामी वर्षको साधारणसभाबाट पारित भएपछि लगानीकर्तालाई प्रदान गरिने बैंकले जनाएको छ ।

गत वर्ष बैंकले ११ प्रतिशत नगद लाभांश दिएको थियो भने अघिल्लो वर्ष ११ दशमलव ५ प्रतिशत नगद र १८ दशमलव ५० प्रतिशत बोनससहित कुल ३० प्रतिशत लाभांश दिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register