चीनमा गएको भूकम्पका कारण नेपालमा पनि क्षति

काठमाडौँ । चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर मंगलबार बिहान ६. ५० मा ७ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको छ । उक्त भूकम्पका कारण राजधानी काठमाडौंसहितका जिल्लामा पनि धक्का महसुस भएको छ । भूकम्पमा परी मृत्यु हुनेको संख्या हालसम्म कम्तीमा ९५ पुगेको बताइएको छ ।  १३० जना घाइते भएका छन् ।  भूकम्पका कारण […]

Jan 7, 2025 - 15:19
 0
चीनमा गएको भूकम्पका कारण नेपालमा पनि क्षति

काठमाडौँ । चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर मंगलबार बिहान ६. ५० मा ७ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको छ ।

उक्त भूकम्पका कारण राजधानी काठमाडौंसहितका जिल्लामा पनि धक्का महसुस भएको छ ।

भूकम्पमा परी मृत्यु हुनेको संख्या हालसम्म कम्तीमा ९५ पुगेको बताइएको छ ।  १३० जना घाइते भएका छन् । 

भूकम्पका कारण सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्जको थामे पोस्ट कार्यालय भवनमा क्षति पुगेको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामेत्याङस्थित निकुञ्जको भवनमा भूकम्पका कारण चिरा परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुश्मा रानाले जानकारी दिइन् ।

ढुङ्गाबाट बनेको उक्त एकतले भवनमा दुई कर्मचारी बस्दै आएका थिए । प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेका अनुसार भूकम्पका कारण जिल्लाको देउसा, खरिखोला र खुम्बुको थामेमा एक/एक घरमा क्षति पुगेको छ ।

स्थानीय प्रशासन र सुरक्षा निकायले प्रभावित क्षेत्रको अनुगमन तथा क्षतिको विवरण सङ्कलन कार्य अघि बढाएको छ ।

यसैगरी भूकम्पका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका–१ किमाथाङ्कामा एउटा घर भत्किएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register