क्यानडाबाट फर्किएका थिए सिनामंगलको गेष्टहाउसमा मृत भेटिएका जोडी

काठमाडौं । सिनामंगलको एक गेष्ट हाउसमा मृत भेटिएका युवा–युवती पतीपत्नी रहेको खुलेको छ । मृत हुनेहरूमा सुनसरी दुहबीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमती शर्मिला माझी हुन् । उनीहरू हिजो शनिबार मात्रै क्यानडाबाट फर्केको खुलेको छ ।  क्यानडा गएका उनीहरू २ वर्षपछि हिजो शनिबार काठमाडौं फर्केका थिए । उनीहरू सिनामंगलस्थित जन्मभूमि गेष्ट […]

Nov 24, 2024 - 07:41
 0
क्यानडाबाट फर्किएका थिए सिनामंगलको गेष्टहाउसमा मृत भेटिएका जोडी

काठमाडौं । सिनामंगलको एक गेष्ट हाउसमा मृत भेटिएका युवा–युवती पतीपत्नी रहेको खुलेको छ ।

मृत हुनेहरूमा सुनसरी दुहबीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमती शर्मिला माझी हुन् ।

उनीहरू हिजो शनिबार मात्रै क्यानडाबाट फर्केको खुलेको छ ।  क्यानडा गएका उनीहरू २ वर्षपछि हिजो शनिबार काठमाडौं फर्केका थिए ।

उनीहरू सिनामंगलस्थित जन्मभूमि गेष्ट हाउसको बरन्डाको रेलिङमा कपडाको पासो लगाएर झुन्डिएको अवस्थामा मृत भेटिएको काठमाडौं परिसरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

उनीहरू शनिबार साँझ ६ बजे गेष्ट हाउस पुगेका उनीहरु चौथो तलाको कोठा नम्बर १२० मा बसेका थिए ।

आइतबार बिहानसम्म ढोका नखुलेपछि र बोलाउँदा नबोलेपछि प्रहरीलाई खबर गरिएको थियो । उनीहरूले बरन्डाको रेलिङमा सेतो रङको कपडाको सलले दुवै घाँटीमा पासो लगाएका थिए ।

सिनामंगलको गेष्टहाउसमा युवायुवतीको रहस्यमय ढंगले मृत्यु

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register