भेलागुरी महोत्सवमा घुँगी–गंगटा–माछाका परिकारको स्वाद !

झापा, १२ पुस । झापाको हल्दिबारी गाउँपालिका–२ स्थित भेलागुरी शहीद स्मृति लोकतान्त्रिक पार्कमा आजदेखि शुरु भएको ‘दोस्रो भेलागुरी पर्यटन महोत्सव’ शुरु भएको छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले झापाको हल्दिबारी गाउँपालिका–२ भेलागुरी सामुदायिक वन उपभोक्ता समूहले भेलागढी शहीद स्मृति लोकतान्त्रिक पार्कमा आयोजना गरेको महोत्सव पुस ११ गतेदेखि २१ गतेसम्म चल्नेछ । महोत्वसमा स्थानीय [...] The post भेलागुरी महोत्सवमा घुँगी–गंगटा–माछाका परिकारको स्वाद ! appeared first on Jhapa Online.

Dec 27, 2024 - 01:48
 0
भेलागुरी महोत्सवमा घुँगी–गंगटा–माछाका परिकारको स्वाद !

झापा, १२ पुस । झापाको हल्दिबारी गाउँपालिका–२ स्थित भेलागुरी शहीद स्मृति लोकतान्त्रिक पार्कमा आजदेखि शुरु भएको ‘दोस्रो भेलागुरी पर्यटन महोत्सव’ शुरु भएको छ ।

आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले झापाको हल्दिबारी गाउँपालिका–२ भेलागुरी सामुदायिक वन उपभोक्ता समूहले भेलागढी शहीद स्मृति लोकतान्त्रिक पार्कमा आयोजना गरेको महोत्सव पुस ११ गतेदेखि २१ गतेसम्म चल्नेछ ।

महोत्वसमा स्थानीय उत्पादनसँगै स्थानीय परिकारहरु घुँगी, गंगटा, माछा लगायतका परिकारको स्टल रहने वन समूहका सचिव खगेन राजवंशीले बताउनुभयो । “सरोकारवाला निकायका मानिसलाई बोलाएर पर्यटकीयस्थलको बारेमा जानकार गराउन पनि महोत्सव आयोजना गरिएको हो”, उहाँले भन्नुभयो, “प्रचुर सम्भावना भए पनि पर्याप्त पूर्वाधार विकास हुन सकेको छैन ।”

उद्घाटन कार्यक्रममा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले वन पर्यटनलाई विशेष प्राथमिकता दिएको बताउनुभयो । मन्त्री मण्डलले कोशी प्रदेशमा वन पर्यटनको प्रचुर सम्भावना भएकाले विशेष प्राथमिकता दिएको बताउनुभयो ।

“भेलागुरी जस्तै प्रदेशभरि धेरै सिमसार तथा पर्यटकीय स्थल छन्”, उहाँले भन्नुभयो, “ती क्षेत्रको विकास गरेर वनलाई पर्यटनसँग जोड्न आवश्यक छ, मेरो मन्त्रालयले पनि त्यसलाई विशेष प्राथमिकता दिएको छ ।” पर्यटकीय स्थलको रुपमा विकास हुँदै गएको भेलागुरीलाई थप व्यवस्थित गर्न आफूले सकेको सहयोग गर्ने मन्त्री मण्डलले बताउनुभयो ।

कार्यक्रममा सम्बोधन गर्नुहँुदै कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशी भेलागुरी सिमसार प्रवेशका लागि देउनिया खोलामा पुल निर्माणका लागि पहल गर्ने बताउनुभयो ।

भेलागुरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पुण्यप्रसाद लम्सालको अध्यक्षतामा भएको उद्घाटन समारोहमा कोशी प्रदेश सभा सदस्य छविलाल चुडाल, हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन, हल्दिबारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र), हल्दिबारी–२ का वडाध्यक्ष सुकलाल राजवंशी लगायतले महोत्सव सफलताको शुभकामना दिनुभएको थियो ।

विभिन्न जातजातिका झाँकीसँगै विद्यार्थीद्वारा मार्चपास गरिएको कार्यक्रममा स्वागत वन समूहका उपाध्यक्ष भिमा देवी लम्सालले गर्नुभएको थियो । १० दिने महोत्सवमा ५० हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ । महोत्सवमा प्रत्येक दिन साँझ स्थानीय तथा राष्ट्रिय कलाकारले प्रस्तुति दिने जनाइएको छ ।

The post भेलागुरी महोत्सवमा घुँगी–गंगटा–माछाका परिकारको स्वाद ! appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register