रास्वपा नेताले सभामुखलाई भने – रविलाई सांसदबाट निलम्बन गरे कानूनको बर्खिलाप हुनेछ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले सभापति रवि लामिछानेलाई सांसद पद निलम्बन गर्न नमिल्ने जिकिर गरेका छन् । सभामुख देवराज घिमिरेसँगको भेटमा उनले यस्तो जिकिर गरेका हुन् । सम्पत्ति शुद्धीकरणसहित ३ कसुरको मुद्दा दर्ता भएसँगै लामिछानेको सांसद पद निलम्बन प्रक्रिया अघि बढेपछि सोमबार रास्वपा सांसदले  सिंहदरबार पुगेर सभामुखलाई भेटेका […]

Dec 23, 2024 - 08:38
 0
रास्वपा नेताले सभामुखलाई भने – रविलाई सांसदबाट निलम्बन गरे कानूनको बर्खिलाप हुनेछ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले सभापति रवि लामिछानेलाई सांसद पद निलम्बन गर्न नमिल्ने जिकिर गरेका छन् ।

सभामुख देवराज घिमिरेसँगको भेटमा उनले यस्तो जिकिर गरेका हुन् ।

सम्पत्ति शुद्धीकरणसहित ३ कसुरको मुद्दा दर्ता भएसँगै लामिछानेको सांसद पद निलम्बन प्रक्रिया अघि बढेपछि सोमबार रास्वपा सांसदले  सिंहदरबार पुगेर सभामुखलाई भेटेका थिए ।

भेटमा परियारले भनेका थिए, ‘मुद्दा दायर हुँदैमा सभापतिलाई सांसदबाट निलम्बन गर्न मिल्दैन । यो गरिए कानूनको बर्खिलाप हुनेछ ।’

जवाफमा सभामुखले कानुनअनुसार निर्णय गर्ने बताएका थिए । भेटमा सांसद गणेश पराजुली र सोबिता गौतम पनि सहभागी थिए ।

रास्वपाका सभापति रहेका रविमाथि जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराधमा जिल्ला अदालत कास्कीमा ३ वटा मुद्दा दायर गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register