कचनकवलमा ४०१ जना अपाङ्गता भएकाले लिए सेवा

बनियानी, १२ पुस । झापाको कचनकवलमा गाउँपालिकामा जारी अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वास्थ्य परीक्षण, आवश्यकता पहिचान र परिचयपत्र वितरण शिविरको पाँचौँ दिन बिहीबारसम्ममा ४०१ जनाले सेवा लिएका छन् । बिहीबार कचनकवल–४ को वडा कार्यालयमा आयोजित शिविरमा थप १२८ जनाले सेवा लिएसँगै सेवा लिनेको संख्या ४०१ पुगेको हो । कचनकवलको १, २, ३, ४ र ५ [...] The post कचनकवलमा ४०१ जना अपाङ्गता भएकाले लिए सेवा appeared first on Jhapa Online.

Dec 27, 2024 - 02:03
 0
कचनकवलमा ४०१ जना अपाङ्गता भएकाले लिए सेवा

बनियानी, १२ पुस । झापाको कचनकवलमा गाउँपालिकामा जारी अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वास्थ्य परीक्षण, आवश्यकता पहिचान र परिचयपत्र वितरण शिविरको पाँचौँ दिन बिहीबारसम्ममा ४०१ जनाले सेवा लिएका छन् ।

बिहीबार कचनकवल–४ को वडा कार्यालयमा आयोजित शिविरमा थप १२८ जनाले सेवा लिएसँगै सेवा लिनेको संख्या ४०१ पुगेको हो । कचनकवलको १, २, ३, ४ र ५ नम्बर वडामा शिविर सम्पन्न भइसकेको गाउँपालिका उपाध्यक्ष एवम् अपाङ्गता समन्वय समिति संयोजक नवराज भट्टराईले जानकारी दिनुभयो ।

साताव्यापी शिविर अन्तरगत बिहीबार १२८ जनाले सेवा लिएकामध्ये ७८ जना पुरुष र ५० महिला रहेका छन् । उनीहरुमध्ये ७२ जनासँग अपाङ्गता परिचय पत्र छ भने ५४ जनासँग छैन ।

शिविरमा शारीरिक अपाङ्गता भएका ४६ जना, दृष्टि सम्बन्धी १२, श्रवण सम्बन्धी २२, बोली सम्बन्धी एक, बौद्धिक अपाङ्गता तीन, मानसिक र मनोवैज्ञानिक चार जना, अटिजम एक र बहु अपाङ्गता भएका ११ जना फेला परेका छन् ।

झापाको कचनकवलमा गाउँपालिकामा जारी अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वास्थ्य परीक्षण, आवश्यकता पहिचान र परिचयपत्र वितरण शिविर कार्यक्रममा सम्बोधन गर्नुहुँदै कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले असहाय र अशक्त नागरिकका लागि नै रहेको बताउनुभएको छ ।

सामाजिक मन्त्रालयको आधार क्षेत्र अशक्त, अपाङ्ग, बालबालिका, ज्येष्ठ नागरिक, महिला, पछाडि पारिएका र परेका समुदाय रहेको बताउँदै मन्त्री राईले उनीहरुको उठान गर्ने काम सामाजिक विकास मन्त्रालय रहेको बताउनुभयो । “अशक्तहरुको साथमा कोशी प्रदेश सरकार रहेको छ”, उहाँले भन्नुभयो ।

संघीय सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन लिएको राष्ट्रिय संकल्पको मुल ध्येय पनि अशक्तहरुलाई सशक्त बनाउने रहेको मन्त्री राईको भनाइ छ । प्रदेश सरकारले १४ वटै जिल्लाका अशक्त अपाङ्गलाई सेवा दिने उद्देश्यले त्रिपक्षीय साझेदारीमा काम गरिरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसादसिंह राजवंशीले अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरेर उनीहरुलाई सबल बनाइने बताउनुभयो । सहायक सामग्रीदेखि तालिमसम्म दिएर आत्मनिर्भर बनाउने कार्य गर्ने उहाँ बताउनुहन्छ ।

स्थानीय तह, कोशी प्रदेश सरकार र करुणा फाउण्डेशन त्रिपक्षीय लागत साझेदारी जिल्लाका १५ वटै पालिका अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम सञ्चालन भइरहेको करुणा फाउण्डेशन नेपालका निर्देशक योगेन्द्र गिरीले जानकारी दिनुभयो ।

The post कचनकवलमा ४०१ जना अपाङ्गता भएकाले लिए सेवा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register