परराष्ट्रमन्त्री राणाको जापान भ्रमण स्थगित, मंसिर १३ मा चीन जाने

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको जापान भ्रमण स्थगित भएको छ । स्वास्थ्य परीक्षणका लागि जापान जाने तय भएको परराष्ट्रमन्त्री राणाको भ्रमण स्थगित भएको हो । जापान भ्रमण स्थगित भएसँगै परराष्ट्रमन्त्री राणा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीका लागि १३ मंसिरमा सिधै चीन जाने कार्यतालिकासमेत तय भएको छ । परराष्ट्रमन्त्री राणाका प्रेस संयोजक एकराज […]

Nov 25, 2024 - 04:29
 0
परराष्ट्रमन्त्री राणाको जापान भ्रमण स्थगित, मंसिर १३ मा चीन जाने

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको जापान भ्रमण स्थगित भएको छ । स्वास्थ्य परीक्षणका लागि जापान जाने तय भएको परराष्ट्रमन्त्री राणाको भ्रमण स्थगित भएको हो ।

जापान भ्रमण स्थगित भएसँगै परराष्ट्रमन्त्री राणा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीका लागि १३ मंसिरमा सिधै चीन जाने कार्यतालिकासमेत तय भएको छ ।

परराष्ट्रमन्त्री राणाका प्रेस संयोजक एकराज पाठकले दिएको जानकारीअनुसार चिकित्सकको समय नमिलेका कारण राणाले जापान भ्रमण स्थगित गरेर सिधै चीन जाने निर्णय गरेकी हुन् ।

‘स्वास्थ्य परीक्षणका लागि जापान तय भएको थियो, तर चिकित्सकको समय उपलब्ध नहुने भएपछि अहिलेलाई नजाने हुनु भएको छ’, पाठकले भने, ‘अब उहाँ प्रधानमन्त्रीकाे भ्रमण तयारीका लागि सिधै १३ गते चीन जाने हुनु भएको छ ।’

यसअघि आजै जापान जाने र त्यहाँबाट १४ मंसिरमा चीन पुग्ने मन्त्री राणाको कार्यसूची बनेको थियो । पाठकका अनुसार द्विपक्षीय भ्रमणका लागि राणा १३ मंसिरमा बेइजिङ प्रस्थान गरेपछि १४ मंसिरमा चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ताको कार्यक्रम छ ।

त्यसपछि उनी उतैबाट प्रधानमन्त्री ओलीको नेतृत्वको भ्रमण दलमा सहभागी हुनसक्ने सम्भावना बढी छ । प्रधानमन्त्री ओलीकाे चिनियाँ समकक्षीको निम्तोमा १७ देखि २१ मंसिरसम्म चीन भ्रमणमा जाने तयारी तीव्र रूपमा चलिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register