करण चौधरीको प्रतिबद्धता– अटोमोबाइलको भविष्यलाई अझ प्रगतिशील बनाउन लागिपर्छु

काठमाडौं । अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)को ४८औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको भन्दै करण चौधरीले खुसी व्यक्त गरेका छन् । नाडाका अध्यक्ष चौधरीले वार्षिक साधारणसभा सफलतापूर्व सम्पन्न भएको भन्दै आइतबार सामाजिक सञ्जालमार्फत सबैलाई धन्यवाद दिएका हुन् । नाडालाई संस्थापन गर्न महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्न पाउँदा आफू गौरवान्वित भएको पनि उनको भनाइ […]

Dec 29, 2024 - 06:00
 0
करण चौधरीको प्रतिबद्धता– अटोमोबाइलको भविष्यलाई अझ प्रगतिशील बनाउन लागिपर्छु

काठमाडौं । अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)को ४८औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको भन्दै करण चौधरीले खुसी व्यक्त गरेका छन् ।

नाडाका अध्यक्ष चौधरीले वार्षिक साधारणसभा सफलतापूर्व सम्पन्न भएको भन्दै आइतबार सामाजिक सञ्जालमार्फत सबैलाई धन्यवाद दिएका हुन् ।

नाडालाई संस्थापन गर्न महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्न पाउँदा आफू गौरवान्वित भएको पनि उनको भनाइ छ ।

‘नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको ४८औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएकोमा म सबैलाई हार्दिक आभार र धन्यवाद व्यक्त गर्दछु,’ उनले फेसबूकमा लेखेका छन्, ‘यस सभामा विगत वर्षका गतिविधिहरूको समीक्षा गर्दै आगामी कार्य विधिहरूलाई प्रस्तुत गरिएको थियो । साथै, नाडालाई संस्थापन गर्न महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्न पाउँदा म गौरवान्वित भएको छु ।’

अध्यक्ष चौधरीले सबैले देखाएको बाटोलाई आत्मसाथ गर्दै अटोमोबाइलको भविष्यलाई अझ प्रगतिशील बनाउन आफू लागिपर्ने प्रतिबद्धता जनाएका छन् ।

‘उहाँहरूको दिशालाई आत्मसाथ गर्दै अटोमोबाइलको भविष्यलाई अझ प्रगतिशील बनाउनका लागि म र कार्य समितिका साथीहरू सधैँ प्रतिबद्ध छौं,’ उनले लेखेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register