शिवसताक्षीमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु

शिवसताक्षी, १० मंसिर । झापाको शिवसताक्षीमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । आज शिवसताक्षी नगरपालिका वडा नं. २ को वडाकार्यमा एक कार्यक्रम गरी अभियानको सुरुवात गरिएको हो । शिवसताक्षी नगरपालिकाको आयोजना तथा कारितास नेपालको सहकार्यमा १६ दिने अभियान सञ्चालन गरिएको शिवसताक्षी नगरपालिका महिला तथा बालबालिका शाखाले जनाएको छ । कार्यक्रममा नगरप्रमुख [...] The post शिवसताक्षीमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु appeared first on Jhapa Online.

Nov 25, 2024 - 15:00
 0
शिवसताक्षीमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु

शिवसताक्षी, १० मंसिर । झापाको शिवसताक्षीमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । आज शिवसताक्षी नगरपालिका वडा नं. २ को वडाकार्यमा एक कार्यक्रम गरी अभियानको सुरुवात गरिएको हो ।

शिवसताक्षी नगरपालिकाको आयोजना तथा कारितास नेपालको सहकार्यमा १६ दिने अभियान सञ्चालन गरिएको शिवसताक्षी नगरपालिका महिला तथा बालबालिका शाखाले जनाएको छ ।

कार्यक्रममा नगरप्रमुख नरमायाका कार्कीले महिलाहरुलाई गरिने हिंसाको विरुद्ध एक जुट भएर लाग्नु पर्ने बताइन् । महिलाहरुमाथि सामाजिक क्षेत्रमा, यात्राका क्रममा घरमा, सार्वजनिक ठाउँहरुमा गरिने दूव्र्यवहार र हिंसालाई न्युनिकरण गर्न सबै नागरिक समाज लाग्नु पर्र्ने उनको भनाई थियो ।

नगरपालिका, प्रहरी कार्यालयमा दिनहुँजसो महिला महिलामाथि गरिने हिंसाको निवेदन परेको उपप्रमुख कार्कीले बताइन् । समाजमा महिलामा मात्रै पनि होइन पुरुष माथि पनि हिंसा परेको केसहरु छन् । उनले भनिन् समाजमा कही कसैले कसैमाथि पनि हिंसा गर्नु हुँदैन। उसले सरल तरिकाले बाँच्च पाउनु पर्छ ।

त्यस्तै, शिवसताक्षी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहङफेले महिला हिंसा विरुद्धको १६ दिने अभियानको उद्देश्यहरु प्रष्ट पारेकी थिइन् । लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक साँस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरि हुने हिंसालाई लैङ्गिकतामा आधारित हिंसा भनिएको हो ।

स्रोत, साधन, अवसर, जिम्मेवारी तथा हक, अधिकारको असमान वितरण, सानो उमेरमा वा बालविवाह, महिलालाई घरमा मात्र सिमित राख्नु, महिलाको कामको मूल्याङ्कन नगरिनु जस्ता लिङ्गको आधारमा हुने हिंसाहरू यस अन्तर्गत रहेकाले १६ दिने अभियानले यस्ता किसिमका हिंसाहरुको निरुसाहित गर्दै समाजमा महिला हिंसा विरुद्ध जागरण गराउने रहेको प्रमुख प्रशासकीय अधिकृत तुम्हाङफेको भनाई थियो ।

लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्ने सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०७१ अनुसार “लैङ्गिक हिंसा” भन्नाले सार्वजनिक वा निजी जीवनमा लैङ्गिक आधारमा कसै प्रति शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा र्पुयाउने कार्य सम्झनु पर्ने र शब्दले लैङ्गिक आधारमा हुने वा हुन सक्ने कुनै पनि प्रकारको अपमानजन्य, पीडाजन्य वा धम्कीपूर्ण व्यवहार, दवाव, करकाप वा स्वेच्छाचारी रुपमा महिलालाई स्वतन्त्रताको उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समेतलाई बुझाउँछ ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान नगरका सबै वडाहरुमा कार्यक्रम सञ्चालन गर्ने महिला तथा बालबालिका शाखाक प्रमु्ख देविना पराजुलीले जानकारी दिइन् ।

कार्यक्रममा सहभागीहरुलाई लैगिंक हिंसा विरुद्ध अभिमूखीकरण समेत गराइएको थियो । अभिमूखीकरणमा अधिवक्ता लक्ष्मी खनाल कोइरालाले सहजीकरण गरेकी थिइन् ।

कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नं. १ का वडाध्यक्ष लक्ष्मी चेम्जोङ्ग, कारितास नेपाल प्रादेशिक प्रमुख शंकरकुमार पौडेललगायतले शुभकामना मन्तव्य राखेका थिए । शिवसताक्षी नगरपालिका वडा नं. २ का वडाध्यक्ष भीम नेम्वाङ्गको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कोपिला चम्लागाईंले गरेकी थिइन् ।

The post शिवसताक्षीमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register