आराका झापाको प्रगति ८३.३८ प्रतिशत

झापा, १० मंसिर । चालु आर्थिक वर्ष २०८१–०८२ को पहिलो चौमासिकमा आन्तरिक राजश्व कार्यालय भद्रपुर झापाले लक्ष्यको ८३.३८ प्रतिशत राजश्व सङ्कलन गरेको छ । झापाको माई पूर्व तथा इलाम, पाँचथर र ताप्लेजुङ जिल्ला सेवा क्षेत्र रहेको कार्यालयले चालु आ। व। को पहिलो चौमासिक साउन, भदौ, असोज र कात्तिक महिनामा कुल ८६ करोड ३३ लाख ६७ [...] The post आराका झापाको प्रगति ८३.३८ प्रतिशत appeared first on Jhapa Online.

Nov 25, 2024 - 15:00
 0
आराका झापाको प्रगति ८३.३८ प्रतिशत

झापा, १० मंसिर । चालु आर्थिक वर्ष २०८१–०८२ को पहिलो चौमासिकमा आन्तरिक राजश्व कार्यालय भद्रपुर झापाले लक्ष्यको ८३.३८ प्रतिशत राजश्व सङ्कलन गरेको छ ।

झापाको माई पूर्व तथा इलाम, पाँचथर र ताप्लेजुङ जिल्ला सेवा क्षेत्र रहेको कार्यालयले चालु आ। व। को पहिलो चौमासिक साउन, भदौ, असोज र कात्तिक महिनामा कुल ८६ करोड ३३ लाख ६७ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ । यो लक्ष्य एक अर्ब तीन करोड ५४ लाख ३४ हजारको ८३।३८ प्रतिशत रहेको प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले जानकारी दिनु भयो ।

यस अवधिका कार्यालयले आयकरतर्फ २९ करोड ३६ लाख ७१ हजार, घर बहाल कर ४७ लाख ६० हजार, ब्याजबाट तीन करोड ४७ लाख ८५ हजार, मूल्य अभिवृद्धि कर ३२ करोड २७ लाख ५९ हजार, अन्तःशुल्कबापत २० करोड १२ लाख ३२ हजार, स्वास्थ्य सेवा कर बापत २७ लाख, स्वास्थ्य सेवा कर बापत पाँच हजार र अन्य शीर्षकमा ३४ लाख ५६ हजार राजश्व सङ्कलन गरेको काफ्लेले बताउनु भयो । उहाँले कार्यालयले मूल्य अभिवृद्धि करतर्फ लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको बताउनु भयो ।

आन्तरिक राजश्व कार्यालय भद्रपुर आव २०८०–०८१ को मूल्याङ्कनमा सर्वोत्कृष्ट भई यस वर्षको कर राष्ट्रिय कर दिवसको अवसरमा मंसिर १ गते पुरस्कृत भएको थियो ।

The post आराका झापाको प्रगति ८३.३८ प्रतिशत appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register